0 COMMENTS

काठमाण्डाै १३,असाेज/नेपाल टेलिकमले दसैं–तिहार तथा छठको अवसरमा ४० रुपैयाँमा ५ सय मेगाबाइट (एमबी) डाटा चलाउन दिने भएको छ । कम्पनीले चार्डपर्वलाई लक्षित गरि ल्याएको ‘नाइट डाटा अफर’मा सहभागी भई उपभोक्ताले ४० रुपैयाँमा ५ एमबी डाटा चलाउन सक्ने भएका हुन् । यो डाटा प्याकेजको समयावधि सात दिनको हुनेछ । योजनामा सहभागी ग्राहकले रातको १० बजेदेखि बिहान ६ बजेसम्म मात्र इन्टरनेट चलाउनु पर्नेछ ।

‘नाइट डाटा अफर’ अन्तर्गत उपभोक्ताले ८५ रुपैयाँमा भने १ हजार २ सय एमबी डाटा चलाउन पाउनेछन् । योजनामा ‘एक्टिभ’ गरिएको डाटा प्याक १५ दिनसम्म चलाउन सकिन्छ । योजना आगामी शनिबारदेखि लागू भई ३ महिनासम्म कायम रहने टेलिकमले जनाएको छ । सिडिएमए र जिएसएम दुवै सेवामा यो योजना उपलब्ध छ ।

चार्डपर्वलाई लक्षित गर्दै टेलिकमले अरु खाले विभिन्न छुट समेत दिएको छ । ‘डाटा अफर’ अन्तर्गत टेलिकमले आगामी शनिबारदेखि असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म ५० रुपैयाँमा १ सय एमबी र १ सय रुपैयाँमा २ सय ५० एमबी डाटा उपलब्ध गराउने भएको छ ।

१ सय एमबीको समयावधि ५ दिन र २ सय ५० एमबीको समयावधि १० दिनको हुनेछ । १ सय एमबीको डाटा लिनेले १० मिनेटको भ्वाइस कल र १० वटा एसएमएस सित्तैमा पाउनेछन् भने २ सय ५० एमबी लिनेले २५ मिनेट भ्वाइस कल र २५ वटा एसएमएस सित्तैमा पाउनेछन् ।

टेलिकमले जिएसएम र सिडिएमए मोबाइल सेवाबाट कम्पनीकै नेटवर्कभित्र हुने कलमा १० प्रतिशत छुट दिने भएको छ । यो छुटपछि ग्राहकले प्रिपेडबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोस्टपेडबाट प्रति मिनेट ९० पैसामा कल गर्न पाउनेछन् । यसैगरी योजना अवधिमा ग्राहकले एसएमएसमा ५० प्रतिशत छुट दिएको छ । अब ग्राहकले ५० पैसामा एसएमएस गर्न पाउनेछन् ।

चार्डपर्वको अवसर पारेर टेलिकमले पिएसटिएन र सिडिएमए फोनबाट हुने लोकल कलमा पनि छुट दिएको छ । यसअघि २ सय रुपैयाँ तिरेर १ सय ७५ कल गर्न पाउनेमा अब भने सोही रकमले २ सय ७५ कल गर्न पाइनेछ ।

टेलिकमले चार्डपर्वका बेलामा मिति सकिएमा भोलुम बेस एडिएसल, वाइम्याक्स र फाइबर टु होम सेवाको मिति थपिदिने भएको छ । डाटा प्याकेज बाकी रहेको तर मिति सकिएकोमा मात्र योजना लागू हुनेछ । यसैगरी पिनलेस रिचार्जमा १ सयभन्दा बढी रिचार्ज गरेमा १० प्रतिशत टक टाइम थपिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।