0 COMMENTS

काठमाडौं, २६ भदौ । नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । तर, पनि नेपालमा इन्टरनेट सेवा महंगो छ ।

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो छ। शुल्क महंगो भए पनि त्यस अनुसारको सेवा उपलव्ध छैन । तोकिएबमोजिम इन्टरनेट सेवा प्रयोगकर्ताले प्रयोग गर्न पाएका छैनन् ।

नेपालमा इन्टरनेटको अन्तर्राष्ट्रिय गेट वे एउटै मात्र हुनुनै इन्टरनेट शुल्क महंगो हुने प्रमुख कारण हो । एउटै मात्र अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे हुँदा एकाधिकार बजार सिर्जना भएको हो ।

नेपालमा अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।