0 COMMENTS

 भदौ,१७ काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट ७ स्मार्ट फोन फिर्ता लिने निर्णय गरेको छ ।ब्याट्रीमा समस्या आएपछि उसले यो निर्णय लिएको हो । अमेरिका र दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा थुप्रै फोन पडि्कएको थियो ।अब कम्पनीले जसको फोन किनेको छ, उसलाई नयाँ फोन दिने भनेको छ ।

सामसुङका अनुसार कुन फोनमा समस्या छ पत्ता लगाउन गाह्रो छ ।ग्यालेक्सी नोट ७ अहिलेसम्म २५ लाख विक्री भइसकेको छ । सामसुङका प्रमुख डोङ गिनले भनेका छन्, यसको मुख्य यति धेरै छ कि मेरो मनमा पीडा हुन्छ । तर, पनि हामीले यो निर्णय लिएका छौं किनकी ग्राहकको सुरक्षा सबैभन्दा जरुरी छ ।’कम्पनीका अनुसार नयाँ फोन तयार गर्न कम्तिमा दुई हप्ता समय लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।