0 COMMENTS

राजधानीमा झाडापखालाको समस्याले अस्पताल भर्ना भएका ६ जनामा हैजा देखिएको छ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकाहरूमा हैजा देखिएको कान्तिपुर दैनिकमा समाचार छ । यसपटकको हैजा तीन–चार वर्षयताकै ‘कडा’ रहेको विशेषज्ञहरूको दाबी छ ।

पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु देखियो भने त्यो हैजा हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओ का अनुसार हैजाको बेलामा उपचार भएन भने बिरामीको मृत्युसम्म हुन सक्छ ।

राजधानीमा डेढ दशकयता बर्सेनि वर्षायाममा हैजा देखिँदै आएको छ । टेकु अस्पतालमा झाडापखाला र हैजाका बिरामीको संख्या गत शनिबारदेखि बढदो छ । हाल दिनहुँ २५ जनासम्म झाडापखालाका बिरामी भर्ना हुने गरेका छन् ।

‘अस्पताल भर्ना भएका ५ पुरुष र १ महिलामा हैजा देखिएको टेकु अस्पतालका डा।राजेश साहले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।