0 COMMENTS

भीमदत्तनगर, १९ साउन । लगातारको वर्षाले बैतडीको दशरथ चन्द नगरपालिकाका किसानले लगाएको तरकारी बालीमा नोक्सान पुर्याएको छ । वर्षाले सो क्षेत्रका किसानले लगाएको गोलभेँडालगायतका तरकारी बालीलाई नोक्सान पुर्याएको स्थानीयवासीले बताएका छन् ।1-300x169

वर्षाका कारण तरकारी बालीको रेखदेखसमेत गर्न नसकिएपछि विभिन्न रोगको प्रकोप बढेको उनीहरूको भनाइ छ । स्थानीय भानदेव भट्टका अनुसार लगातारको वर्षाले तरकारीभन्दा घाँस धेरै उम्रेको र गोडमेल नगरे घाँसले तरकारीका बोट नै खाइदिने सम्भावना छ । “गोडमेल गर्न वर्षाका कारण समस्या छ ।” उहाँले भन्नुभयो – “यो वर्ष तरकारी उत्पादनमा कमी आउला जस्तो छ ।”

दशरथचन्द नगरपालिका–३ का किसान धान, मकै उब्जाउ हुने खेतमा पनि तरकारीखेती मात्रै गर्दै आएका छन् । सो क्षेत्रका किसानले एकजनाले मात्रै वार्षिक रु पाँच लाखभन्दा बढीको तरकारी उत्पादन गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।