0 COMMENTS

gitaभागवत गितामा संस्कृतमा लेखिएका श्लोकले हजारौं वर्ष देखि मानिसलाई सत्य, धर्म र मोक्षको बाटोमा हिडाएको छ। भगवान कृष्ण र अर्जुन बिच महाभारतको युद्धको बखत युद्धभुमीमा भएको संवादलाई राजा धृतराष्ट्रका सारथी संजयले सुनाएका थिए। भागवत गिता पुरै पढ्नेले याद गर्छन् कि यसको अन्त्यमा कलियुगको लागि केही भविष्यवाणी गरिएका छन्।

करिब ५००० वर्ष पहिले गरिएका यी भविष्यवाणी अहिले भने सत्य सावित हुँदैछन्।

भबिष्यवाणी १

धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।

श्रीमद् भागवत् १२-२-१।

भबिष्यवाणी २

कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।

श्रीमद् भागवत् १२-२-२।

भबिष्यवाणी ३

पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।

श्रीमद् भागवत् १२-२-३।

भबिष्यवाणी ४

व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।

श्रीमद् भागवत् १२-२-४।

भबिष्यवाणी ५

कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।

श्रीमद् भागवत् १२-२-५।

भबिष्यवाणी ६

एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।

श्रीमद् भागवत् १२-२-६।

भबिष्यवाणी ७

जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।