0 COMMENTS

राधेश्याम खतिवडा
चितवन । चितवनमा यस वर्ष हावाहुरीका कारण क्षति व्यहोरेका केरा किसानले वीमा रकम पाएपछि राहत महसुस गरेका छन् । केराखेती गर्ने चितवनका ७ is (1)जना किसानले पहिलो पटक क्षतिपूर्तिस्वरुप वीमा रकम पाएका हुन ।
वीमा रकमले आफूहरुमा हौसला बढेको उनीहरुले बताएका छन् । हावाहुरीले ठूलो क्षति व्यहोरेका किसानलाई केही राहत मिलेको बताउँदै जुटपानी ६ खोलेसिमलका किसान गोविन्द दाहालले राहत र अनुदानको कार्यक्रमलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । हावाहुरी सँगै बन्यजन्तुले समेत केराखेतीमा क्षति गर्दै आएकोले यो विषयलाईसमेत वीमाले संवोधन गर्नुपर्ने दाहालले बताउनुभयो ।
हावाहुरीका कारण ४ हजार ६ सय बोट क्षति व्यहोरेका दाहालले ९ लाख २७ हजार ३३ रुपैयाँ पाउनुभएको थियो । पदमपुरका कृष्णप्रसाद भट्टराईले ७९ हजार १ सय ७६ रुपैयाँ, संचार तामाङले ७८ हजार ७ सय ४४ रुपैयाँ, खेलप्रसाद भट्टले २१ हजार ७३ रुपैयाँ, रेवतीप्रसाद भट्टले १५ हजार ४ सय ५४ रुपैयाँ र हिमनिधि तिवारीले ११ हजार ६ सय ४० रुपैयाँ पाउनुभएको थियो ।
कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले व्यवसायिक केराखेती गर्ने किसानहरुलाई यस्ता वीमाले राहत मिल्ने बताउनुभयो । किसान आफै पनि क्षति न्यूनिकरणका लागि सचेत बन्न सकिने भएकाले त्यस खालका आधार तयार पार्नतर्फ लाग्न प्रमुख घिमिरेले सुझाव दिनुभयो ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले सरकारी सहयोगको विकल्पको रुपमा वीमाको अवधारणा ल्याइएको जानकारी दिनुभयो । एक गाउँ एक उत्पादन कार्यक्रम चितवनका संयोजकसमेत रहेका अध्यक्ष जोशीले चितवनमा केरा उत्पादनको सम्भावना राम्रो भएपनि सरकारी उपेक्षाका कारण किसानहरु पलायन हुने खतरामा रहेको बताउनुभयो । अध्यक्ष जोशीले प्राकृतिक विपद्बाट क्षति कम गर्न विमा तर्फ उन्मुख हुन सबै किसानलाई आग्रह गर्नुभएको छ ।
केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार चितवनमा व्यवसायिक केराखेती गर्ने ६ सय जना किसान मध्ये ३३ जनाले मात्रै खेतीको वीमा गराएका छन् । वीमा गराउने मध्ये ३० जनाको खेतीमा यो वर्ष आएको हावाहुरीले क्षति पुगेको थियो ।
चितवनमा ५ सय २५ भन्दा बढि किसानहरुले केरा खेती गरिरहेको चितवन केरा उत्पादक संघका अध्यक्ष पन्तले जानकारी दिनुभयो । प्रति विगाह केरा खेती गर्न तीन लाख १२ हजार एक सय २० रुपैयाँ लागत लाग्ने र लागतको ५ प्रतिशत रकम सरकारी तवरमा जम्मा गरेपछि कुल वीमा रकमको ७५ प्रतिशत वीमा शुल्क सरकारले व्यहोर्ने भएकोले किसानलाई केरा व्यवसायको वीमा गर्दा ठुलो आर्थिक भार नपर्ने अध्यक्ष पन्तको भनाई छ ।
चितवनमा मालभोग, विलियम हाइब्रिड र झापाली जातका केराको खेती भैरहेको छ । केराका ब्राण्डी, वाइन, मम, पकौडा, अचार, जुस, चिप्स गरी विभिन्न ११ थरी परिकार हुनेगरेको छ । उज्यालोअनलाईनबाट साभार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।