0 COMMENTS

सागर राज तिमिल्सिना

पोखरा, १६ साउन/बुधबार परेको अविरल वर्षा र त्यस पछि आएको पहिरोका कारण भदौरे तामागी ५ ठुलाखेत बासी सुत्न सकेका छैनन् । बुधबार राती आएको पहिरोका कारण ठुलाखेत देखि ५ सय मिटर माथी डुडेको फाँटमा पहिरोले जनधनको क्षती गरे पछि ठुलाखेत बासी रातभर सुत्न सकेका छैनन् । ठुलाखेत देखि करिब १ किलोमिटर माथीको शान्ते वनको रहेको ढिस्को चर्किएका कारण उनिहरु रात भर सुत्न सकेका छैनन् ।

करिब १० वर्ष पहिले देखि चर्किएको भए पनि बैशाख १२ गते गएको भूकम्प पछि अझ बढि चर्किएको स्थानीयहरुले बताए । भूकम्प पछि ढिस्को अझ बढि चर्किएको छ भदौरे तामागी ५ ठुलाखेतकी शान्ति पराजुलीले बताइन् । उनले भनिन् –“भूकम्प पछि गाउँका मानिसहरु माथी गएर ढिस्को हेरेका थिए अझै बढि चर्किएको रहेछ ।” पराजुलीले विहिबार राती आफ्नो घर पहिरोको जोखिममा भएको भन्दै छिमेकीको घरमा गएर सुतेको बताईन् । रातीको बेला ठुलो पानी प¥यो भने छिमेकीको घरमा गएर सुत्ने गरेका छै उनले भनिन् । पहिलो आफ्नो ज्यान बचाउनु पर्यो त्यस सम्पतीको पिर ।

thulakthपराजुलीले करिब ७५ घर रहेको ठुलाखेत गाउँलाई सरक्षणका लागी सरकारी कुनै पहल नभएको बताइन् । गाउँको माथी वन र ढिस्को चर्किएको बताउदै चर्किएको ढिस्को भत्कियो भने वन सहित आउदा गाउँ नै सखाप हुने उनले बतान् । भूकम्प र त्यसपछि लगातार आएको पराकम्पका कारण अझ बढि चर्किदा घर बस्न डर भएको भदौरे तामागी ५ ठुलाखेतकी गिता पराजुलीले बताइन् । उनले भनिन् –“जति जति पानी दर्किदै जान्छ मुटुको धड्कन बड्दै जान्छ” “माथीबाट पहिरो आउछकी भन्ने त्रासमा बस्नु परेको उनले बताइन् ।

गाउँको माथी जमिन चिरा चिरा परेकोले पानी आए पछि गल्केर पहिरो आउछकी भन्ने डरलाग्ने गरेको पराजुलीको भनाई छ । बुधबार राती आएको बाढीका कारण चुडामणी पराजुली, हरिकृष्ण पराजुली, पुर्ण विक, विष्णु विक, जलेश्वर पौडेल, ओम प्रसाद भण्डारी, तारानाथ भण्डारी, शंकर पराजुली, चंखे पराजुली, तारानाथ पराजुली लगाएतको घरमा जोखिममा परेको छ । त्यसै गरि गंगाधर तिमिल्सिनाको घरको दुबै तर्फ पहिरो गए पछि घर जोखिममा परेको छ । उनिहरुका घरलाई तार जाली लगाएर तत्कालै संरक्षण गर्नु पर्ने स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।