0 COMMENTS

 

_89711490_89708027जेठ ४ – सामाजिक सञ्जाल ट्वीटरले ट्वीटको अक्षर गणना गर्ने तरिकामा परिवर्तन गर्ने भएको छ । प्रयोगकर्तालाई लामो ट्वीट गर्न मिनेल्ने गरी कम्पनीले अक्षर गणना गर्ने तरिकामा चाँडैनै परिवर्तन गर्न लागेको ब्लुमबर्गले जनाएको छ ।

सामामाजिक सञ्जाल कम्पनी ट्वीटरले तस्बिर तथा लिंकलाई ट्वीटको अक्षर सीमा भित्र गन्न चाँडै नै छोड्ने भएको छ । प्रयोकर्ताले आफ्नो ट्वीट एक सय ४० अक्षरमा सीमित रहेर गर्नु पर्छ । अहिले तस्बिर तथा विभिन्न वेबसाइटका सामग्री सम्बन्धी लिंकलाई पनि यसमा गणना गर्ने गरिएको छ । तर अबको दुई हप्ताभित्रमा तस्बिर तथा लिंकलाई एक सय ४० अक्षरको सीमामा गणना गर्न रोकिने यो विषयसँग जानकार व्यक्तिले बताएका छन् ।

ट्वीटरले अहिले २३ अक्षरसम्मको लिंकलाई मात्रै लिने गरेको छ । कम्पनीले हुन लागेको परिवर्तनका बारेमा केही बताउन चाहेको छैन । गएको जनवरीमा ट्वीटरका संस्थापक ज्याक डोर्सेयले प्रयोगकर्तालाई लामो खालको पोस्ट लेख्न मिल्ने बनाउने बताएका थिए ।

ट्वीटरले सन् २००६ मा सेवा सुरु गर्दा टेक्ट म्यासेजमा मिल्ने बनाउन एक सय ४० अक्षरको सीमा लागु गरेको थियो । स्मार्टफोन आउँनु भन्दा पहिले प्रयोकर्ताले आफ्नो ट्वीट पहिले टेक्ट म्यासेजको रुपमा लेख्ने गरेका थिए ।

ट्वीटरका संस्थापक डोर्सेयले अक्षर सीमा एक सुन्दर बाधा रहेको र यसले प्रयोगकर्तालाई रचनात्मकता तथा संक्षिप्तताका लागि प्रेरित गरेको बताएका छन् ।

तर ट्वीटरले नयाँ प्रयोगकर्तालाई सोचे अनुसार आकर्षित गर्न सकेको छैन । यसले गर्दा ट्वीटरको सेयर मूल्यमा गएको वर्षको तुलनामा ७० प्रतिशतले गिरावट आएको छ ।
– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।