0 COMMENTS

mobileकाठमाडौं । बैदेशिक रोजगारीका क्रममा विदेश गएका थुप्रै नेपालीहरुले उतैबाट परिवारका सदस्यलाई भनी मोबाइल उपहार ल्याइदिने गरेका छन् । तर अब त्यसरी आएको मोबाइमा भने नेपालको सिम नचल्ने भएको छ ।

विदेशबाट चोरीका मोबाइल भित्रिने गरेको भन्दै नेपाल दूरससञ्चार प्राधिकरणले नयाँ वर्ष २०७३ लागेदेखि नै त्यस्ता मोबाइलको टेलिकममा दर्ता नगरी नचल्ने बनाएको हो ।

नेपालमा अवैध तथा गैरकानुनी तवरबाट भित्रिएका मोवाइल फोनलाई व्यवस्थित गर्न भन्दै बैशाख १ गतेदेखि नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ निर्देशिका लागू गरेको हो । यो निर्देशिकाअनुसार विदेशबाट ल्याइएका मोबाइलको युनिक कोड आईएमईआई नम्बर नेपाल दुरसञ्चार प्राधिकरणमा दर्ता गर्नुपर्ने भएको छ ।

वैशाख १ अघि नै प्रयोगमा ल्याइएका मोबाइल भने नेटवर्क अपटेरले आफै रजिष्टर गरिदिने प्राधिकरणले जनाएको छ । बैशाख १ गतेबाटै आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ गर्ने काम सुरु गरिएको दुरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।