0 COMMENTS

मिती २०८० साल कार्तिक २५ गते शनिवार काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो।यस दिन कागको पूजा गर्ने गरिन्छ।काग कालो रङ्गको एक चराको नाम हो।यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ।कागलाई संस्कृतमा काक भनिन्छ।तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ।

कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ।ज्योतिष शास्त्रकानुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ।कागहरू धेरै प्रजातीका हुन्छन्।हाम्रो मुलुकमा दुई थरिका कागहरू प्राय: भेटिएका छन्, काले काग र माले काग।भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ। यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ।

हिन्दू मान्यताका अनुसार कागलाई विभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ।कागहरु नेपाल लगायत का थुप्रै देशहरूमा पाईन्छन्।कतिपय ठाउँमा यदि कसैलाई चलाख र चतुर भन्नु पर्यो भने ‘कस्तो काग रैछ’ पनि भनिन्छ।यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ।

कागोऽसि यमदूतोऽसि वायोसोsसी
माहामते ।
ईहं बलिं गृहाण त्वां त्रायस्व
यमसङ्कटात् ।।

अर्थात-हामीले दिएको खानेकुरा खाएर प्रशन्न होऊ यमदण्डरुपी संकटबाट मूक्ति दिलाउ ।कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ।त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।यो दिन कागलाई पूजा नगरी र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ।
पं-बालमुकुन्द देबकोटा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।