0 COMMENTS

जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको मृत्यु भएको हो।

‘रूकुम पश्चिममा २७ जना र जाजरकोटमा ३६ जनाकोम मृत्यु भएको भन्ने बिहान ५ बजेसम्मको रिपोर्ट छ ।दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन्।राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने डीआइजी ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।