0 COMMENTS

नवरात्रमा पुजिने शक्ति, नवदुर्गाका प्रतीक शक्तिपीठहरू देशैभरि यत्रतत्र छरिएर रहेका छन्। समय र परिस्थितिको मागअनुसार आफ्ना भक्त र सृष्टिको रक्षा गर्न भगवान र भगवती हरु ले गरेका कामहरु सँग सम्वन्ध राख्ने यस्ता शक्तिपीठहरू मध्ये रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित प्रसिद्ध तथा साक्षात् शक्तिपीठ हो खाँडादेवि।
देशैभरि का तथा बिदेशी भक्तजन र पर्यटकहरूको समेत आवागमन हुने यो क्षेत्रमा बडादशैं तथा चैतेदशैंमा ठूलो मेला लाग्ने गर्दछ र प्रशस्तै पञ्चवली हरु पनि दिइने गरिन्छ भने मन्दिरमा वर्षैभरि भक्तजनहरु आउने जाने क्रम चलिरहन्छ।
काठमाडौंबाट धुलिखेल हुँदै नेपालथोक ,कुशेश्वर पुगेपछि सुनकोसी तरेर गाडीमा १ घण्टाको उकालो बाटो गुडेपछि पुग्न सकिन्छ खाँडा देवीमन्दिर ।आजभोलि निकै चर्चित शैलुङ यात्राको क्रममा जाँदा वा फर्कँदा बाटो मिलाएर खाँडादेवीको दर्शन गर्ने भक्तजनहरुको भीड निकै बढ्न थालेको छ।
तामाङ थरका ११ घर पुजारीहरू रहेको यस मन्दिरमा पूजारीहरुले पालैपालो पुजागर्ने चलन चलाएका छन्। यी देवीको उत्पत्तिका सम्बन्धमा विभिन्न खालका जनश्रुति र किंवदन्तीहरू पाइएपनि हिमवत्खण्डमा वर्णन गरिएअनुसार रोसी र सुनकोशी नदीको संगम स्थलमा रहेको कुशेश्वर मा भगवतीले शुम्भ र निशुम्भ नामका राक्षस हरुलाई बध गरी दुर्गा नदीमा खड्ग पखाली अहिले मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालिञ्चोकमा पुगी अन्तर्ध्यान भएकी थिइन्। बेलाबखत पुजारीका जिउमा भगवती चडेका बेलामा बताएअनुसार पछि फेरि खड्ग गाडेकै ठाउँमा विक्रम संवत् १५१५ माघ १५ गते मंगलबारका दिन शिला स्वरूपमा उत्पत्ति भई खाँडा देवीको नामले प्रख्यात भइन्।।

चोखो मनले आस्था र विश्वासका साथ मागेका कुराहरु छिट्टै पुरा गरिदिने भगवतीको शक्तिबाट प्रभावित भएका भक्तजनहरुले चढाएको घण्टाहरु यस मन्दिरमा थुप्रै देख्न सकिन्छ। नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहाले पनि पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवी मा सहायक गढीको रुपमा किल्ला बनाएका थिए भने अंग्रेज सँगको लडाई जित्नका लागि खाँडादेवी सँग आशीर्वाद पनि लिएका थिए । सिन्धुलीगढीको लडाँईमा विजय प्राप्त गरेपछि खाँडादेवीको शिलालाई राजधानी ल्याउन खोज्दा सेनाले कतै नबिसाई ल्याउँदा पनि साँगामा ल्याएर बिसाएपछि खाँडादेवीको शीला अलप भएको थियो।

तीन पटक सम्म प्रयास गर्दापनि राजधानी ल्याउन नसकिएपछि खाँडादेवी लाई यसै ठाउँमा राखी पूजा गर्ने र हाँस ,बोकाको बलि दिने चलन राजाले चलाएका थिए भने जनश्रुति पाइन्छ।

यसरी आफ्ना भक्त हरू को रक्षार्थ शुम्भ, निशुम्भ, रक्तबीज लगायत थुप्रै राक्षस् हरूको बध गरी यसै ठाउँमा बस्न रुचाएर आफ्नो अस्त्र खड्ग यसै ठाउँमा गाडेर, शीला स्वरुपमा उत्पत्ति भई अन्यत्र जान नचाहेकी साक्षात् भगवतीकाे दर्शन वर्षका जुनसुकै दिन गर्नु शुभ रहन्छ भने वडा दशैंको नवरात्रमा गर्ने अवसर मिल्नु अझै सुभ मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।