0 COMMENTS

मिति २०८० साल कार्तिक ५ गते आइतबार आश्विन शुक्लपक्ष महाअष्टमी तिथि साँझ ५ / २५ वजेसम्म त्यस उप्रान्त नवमी तिथि आरम्भ हुने भएकोले यो दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल अर्पणगरी महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ।काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ।महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो ।वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् ।

भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ ।हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् ।नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध -हतियार) हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् ।नवरात्र शब्द नव अहोरात्र वा विशेष रात्रीको बोधक हो भन्ने कुरा स्विकार्दा ‘रात्री ‘ शब्द सिद्धिको प्रतीक हो भन्न कर लाग्छ ! प्राचीन ऋषि-मुनिहरुले दिनको दाँजोमा रातलाई बढी महत्व दिएका थिए त्यसैकारणले सुख रात्री ( लक्ष्मी पूजा ), होलीका दहन , शिव रात्री , मोहरात्री (कृष्ण अष्टमी ) , कालरात्री (शारदीय नवरात्रको सप्तमी तिथिको रात्रीकाल ) , छठ (सूर्यको शष्ठिका देवी स्वरूप ) र नवरात्री जस्ता चाड पर्वहरु रातमा नै मनाउने परम्पराको सुरुवात परा पूर्व कालदेखि चलेर गयो !हाम्रा ऋषि मुनिहरुले रातीको महत्वलाइ गहन अध्यन गरेर त्यसको वैज्ञानिक महत्व सुक्ष्म रुपमा बुझाउने कोशीष गरेका छन् ! रात्री कालमा प्रकृतिका समस्त अवरोधहरु निकै हदसम्म हटेका हुन्छन । ऋषि मुनिहरुले प्रकृतिको यो वैज्ञानिक रहस्यलाइ जानेर त्यस किसिमले चाड पर्व मनाउने परम्परा बसाले ! दिनको तुलनामा रात्रीकालमा ध्वनी सम्प्रेषण धेरै टाढा सम्म पुग्नु , सूर्योदयकालमा मानवीय कोलाहलका कारण आवाजको तरंग र रेडियो तरंग सूर्यको विकिरणका कारण अबरोध शृजना हुन पुगी छेकिनु बैज्ञानिक रहस्यको भीत्रको सर्व स्वीकृत पाटो हो ।

सूर्यको किरणले दिउसो जसरी रेडियो तरंगलाइ रोक्दछ ठीक त्यसरीनै मंत्र जपको तरंगहरुपनि दिउसो रोकिन सक्तछ ! त्यसैकारण ऋषि-मुनिहरुले रात्रीकालको महत्व दिनको तुलनामा धेरै बताएका हुन् । मंदिरहरुमा बजाइएका घण्टा र शंखको आवाजको कंपनले टाढा टढा सम्मका वातावरणका कीटाणुहरु नासिञ्छन भनेर यही आधारमा भनिएको हो ! यही वैज्ञानिक तथ्यलाइ बिचार गरी हाम्रा पूर्वजहरुले नव रात्रीको अवधारणा अघि सारेर मन्त्र शक्ति वायुमंडलमा पठाउदा कर्ताको कार्यसिद्धि , मनोकामना सिद्धि, संकल्प सिद्धि समय सिमा भित्र हुनेछ भन्ने कुरा अघि सारेका थिए !अर्को बैज्ञानिक अबधारणा के हो भने पृथ्वी द्वारा सूर्यको परिक्रमा गर्दा एकबर्ष भित्र चार बटा सन्धिकाल पर्दछ ! जस मध्ये आश्विन र चैत्रको सन्धिकालमा पर्ने दुइ मुख्य नवरात्रीहरुमा रोगाणु आक्रमणको सर्वाधिक संभावना रहेको हुन्छ ! ऋतु संधिकाल शारीरिक कष्ट र आराम बिग्रने महिना हो।त्यस समय स्वस्थ रहनकोलागि शुद्ध शरीर , निर्मल मन र स्वस्थ भोजन आवश्यक पर्ने भएको हुँदा ‘नवरात्र’ को उपासनाको चलन ऋषि मुनिहरुद्वारा चलाइयो ।

नवरात्रमा नौ दिन वा नौ रातको गणना गरिने चलन छ !औशीको रातदेखि अष्टमी सम्म तथा परेवादेखि नवमी सम्म व्रत गर्दा नौ रात अर्थात ‘नवरात्र’ पुग्दछ ! यहाँ रातको गणना हुने भएकोले यसलाई नवरात्र वा नौ रात भनिएको हो ! हाम्रा शरीरमा नौ मुख्य प्वालहरु छन् यस शरीर भित्र बस्ने जीवन दायिनी शक्ति नै नव दुर्गा हुन् ! यी मुख्य इन्द्रियहरुमा अनुशासन, स्वच्छ्ता र स्वस्थ्य तारतम्य स्थापित गर्न प्रतीक रूपमा , शरीर तंत्रलाइ एक बर्षकोलागि सुचारू तुल्याउन र क्रियाशील राख्न ती नौ द्वार /प्वालहरु बिचमा शुद्धिको पर्व नौ दिन मनाउने गरिन्छ ! यसैलाई व्यक्तिगत रूपमा महत्व दीदा नौ दिन, नौ दुर्गा भनिन पुगेको हो ! शरीर व्यवस्थित एबम सुचारू राख्न सफा वा शुद्ध हुनु जरुरी छ।त्यसरी नै शरीरका अंग प्रत्यंगहरु पूर्ण सफाईकोलागि भित्री सफाई जरुरी छ र त्यसकोलागि छ छ महिनामा भित्रि सफाई गरिनु पर्दछ ! सात्विक आहार गरी व्रत बस्दा शरीर शुद्धि र शुद्ध शरीरमा शुद्ध बुद्धि उत्पन्न भइ उत्तम विचार प्रकट हुन्छ , उत्तम बिचार , उत्तम कर्म, उत्तम कर्मबाट सच्चरित्रता र सच्चरित्रताले शुद्ध मन स्वच्छ मन मै ईश्वरको शक्तिको स्थायी निवास हुन् सक्तछ ।
बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु ।काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले। यस दिन यो तस्विर अनुसारको प्रशाद अल्पाहार ग्रहण गरेमा ,आयु ,यस ,किर्ति ,बल बढ्दछ।
पं बालमुकुन्द देवकोटा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।