0 COMMENTS

काठमाडौं, माघ १३/हाल देशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आगामी आइतबार दिउँसोसम्म कतै वर्षा तथा हिमपातको सम्भावना छैन।

आइतबार राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।जसको प्रभावले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको मौसम महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

बिहिबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको थियो। त्यसअघि बुधबार उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

०७९ माघ १३ गते (शुक्रवार)

दिउँसोː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ माघ १४ गते (शनिबार)

दिउँसोː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ माघ १५ गते (आइतबार)

दिउँसोː सुदुर पश्चिम को उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।