0 COMMENTS

काठमाडौं, माघ १३/करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।
अघिल्लो तर्दथ समितिमा कार्यावाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सह–अध्यक्ष बने । उपाध्यक्ष्मा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।
सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागोतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहेका छन् ।
उहीहरुलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच मनोनयन पत्र हस्तान्तरण गरे ।

महासंघले ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ । अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताउदै गौरवपूर्ण इतिहास बोकेको कारतेलाई गति दिनु पर्नेमा जोड दिए ।
अध्यक्ष लामाले संस्था र खेलाडीको हितलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै परिषद्ले दिएको ३ महिना भन्दा धेरै अगाडि निर्विवाद रुपमा चुनाव सम्पन्न गर्ने वाचा पनि गरे । उनले आस्था र फरक स्टायलका कराते कसैलाई पनि निषेध नगर्ने बताउदै कार्यसमितिका प्रत्येकले काम गर्ने अवसर प्राप्त गर्ने बताए ।
सह–अध्यक्ष गुरुङले सम्बन्धित विज्ञले सम्बन्धित संस्थाको नेतृत्व गरे मात्र संस्थाको विकास हुने मान्यतालाई आत्मासात् गरी अध्यक्ष हुँदा हुँदै पनि स्थायित्वका लागि खुशी साथ अध्यक्षको पद छाडेको बताए । उनले अनेक बहानामा खेल संस्थालाई बन्धक बनाउन नहुने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।