0 COMMENTS

१ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको नियमित शुल्क तर्फको आवेदन समयावधि सकिएपछि मात्रै निमावि तहको विज्ञापन गर्ने जनाएको छ ।आयोगको अनुसार दुई वटा तहको आवेदन दिनेको संख्या बढी हुनाले सर्भरमा समस्या हुने भएको भन्दै मावि तहको नियमित दस्तुर तिरेर आवेदन दिने समयावधि सकिएर मात्रै विज्ञापन खोल्ने तयारी गरेको जनाएको छ ।

आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने ‘गत वर्ष धेरै आवेदकहरु भएकोले सर्भर डाउन हुने समस्या धेरै भयो । त्यस्तो हुँदा धेरै आवेदकले दुख पाउनुभयो । त्यसैले नियमित दस्तुर समयावधि सकिएर खोल्ने योजनामा छौं ।’ आयोगको कार्यतालिकामा माघमा निमावि तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन गर्ने उल्लेख गरेको छ ।आयोगले मावि तह तृतीय श्रेणी शिक्षक पदको रिक्त दरबन्दीका लागि नियमित दस्तुरमा माघ २४ गतेसम्मलाई आवेदन खुला गरेको छ । त्यसलगत्तै निमावि तहको विज्ञापन खोल्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।