0 COMMENTS

काठमाडौं, मंसिर ६/मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको भने चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।