0 COMMENTS

 प्रतिभा भट्टराई, काठमाण्डाै,२०७९/३/२५/गते  काठमाण्डाैकाे तारकेश्वर नगरपालिकामा आज पालिका स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ।  प्रकृति रिसोर्सेस सेन्टर नेपालको प्रायोजन रहेकाे वातावरण र जलवायु परिवर्तनमा स्थानिय सरकारको भूमिका सम्बन्धी पालिका स्तरीय अन्तर्क्रिया कार्यक्रम, सृजनशील बहुसरोकारवाला मञ्च को आयोजनामा सम्पन्न गरियकाे थीयाे। नगर प्रमूख कृष्ण हरी महर्जन , उप नगर प्रमुख श्रीजना बुर्लाकोटी लगाएत वडा अध्यक्ष हरु, विभिन्न संघ सस्थाका सदस्य, बहुसरोकारवाला मञ्च र महिला समुहका दीदी बहिनी हरूको सहभागिता रहेको सो कार्यक्रमका विश्व ब्यापी चिन्ताको बिषय बनेको जलवायु परिवर्तन र यसले नेपालमा पुर्याउनु सक्ने खतरा हरूको विश्लेषण गर्दै देशका ७५३ वटै पालिका हरुमा गरीएको जलवायु जन्य जोखिमको हिसाबमा मध्यम जोखिममा परेको तारकेश्वर नगरपालिकाको अवस्था र पालिकाले गर्नु पर्ने पहलका विषयमा छलफल गरिएको थियो।

त्यस्तै गरी विभिन्न समूहमा विभाजित भई वातावरणीय सन्तुलन मा परेका समस्या हरु, जलवायु परिवर्तन ले पारेका असरहरू, तथा फोहोरमैलाका समस्या र समाधान का उपाय हरूको विषयमा सवाल जवाफ गरीएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।