0 COMMENTS

वि.सं. २०७८ फाल्गुन ०३ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी १५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:३५ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, चन्द्रोदय : साँझ ०४:३५ बजे र चन्द्रास्त : भोलि बिहान ०५:१० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, माघ शुक्लपक्षको चतुर्दशी तिथि, बेलुका ०९:३७ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, पुष्य (तिष्य) नक्षत्र, दिउँसो ०१:५६ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, बेलुका ०९:४१ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा गर करण बिहान ०९:०१ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०९:३७ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम (बेलुका ०९:३७ बजेसम्म), त्यसपछि वायव्य, वारशूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : श्री पशुपतिनाथको छाया दर्शन, आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), गृहवास्तु जुरेको दिन, कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लामो समयदेखि आफ्नो व्यवसाय वा कारोबारलाई नयाँ गति दिने मनसाय बनेको छ । आशाका पछि लाग्ने समय हो, तथापि कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन, नत्र फन्दामा पर्न सकिन्छ । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराश हुनुपर्छ, सचेत हुनुपर्छ । अध्ययन/अध्यापनका दृष्टिले मिश्रित प्रभाव भएको दिन हो । के कति मिहिनेत गर्नुहुन्छ, त्यस अनुरूप परिणाम प्राप्त हुने देखिन्छ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पुराना साथीभाइ वा दौंतरीको काममा दौडधूप गर्ने समय हो, हुनसक्छ, आज बाल्यावस्थाका स्वर्णिम पलहरू स्मरणमा आउने छन् । पुरानो समस्या वा कारबाहीप्रति ध्यान केन्द्रित हुनसक्छ । कुनै नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा सबै समस्या हल गर्न सकिने छ । सँगीसाथीसँग अलमलिंदा वा आफ्नै काममा व्यस्त रहनाले भेटघाटको अनुकूलता मिल्दैन, तर यथासम्भव तालमेल मिलाउनु राम्रो हुन्छ । आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
एकातिर आर्थिक कठिनाइको सामना गर्नुपर्ने परिस्थिति चल्दैछ, अर्कोतर्फ घरपरिवारबाट पनि खर्चबर्चको अभाव भएको सन्देश प्राप्त हुनसक्छ । चिसो चिजबीज, सागसब्जी र दुग्धजन्य कारोबारीहरूले सफलता पाउने दिन हो, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुने परिस्थिति छ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् । तर चिसोले सताउन सक्छ, होस राख्नुहोला । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्नो रूचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्न सक्छन्, आफ्नो खूबी र क्षमताको पहिचान हुने समय छ । विचार र योजनालाई कार्यान्वयन तहमा उतार्न परिश्रम र लगनशीलताको खाँचो पर्नेछ, जुन काम गरे पनि अनुभवी र जान्नेबुझ्नेको राय लिई अघि बढ्नु ठीक हुनेछ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन छ । व्यक्तित्व विकासका साथै आफ्नो शारीरिक र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन भावुक र चञ्चल बन्नसक्छ, दिनभरि कार्यक्षेत्रमा व्यस्त हुनुपर्ने भएकाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन छ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो । मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर नियम/कानूनको बेवास्ता नगर्नुहोला, नत्र सरकारी कडीकडाउको सिकार बन्न सक्नुहुन्छ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुने दिन हो । नयाँ काम र उद्यम सुरु हुनेछ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । अनुभवीको सहायता लिएमा कारोबारमा देखिएका समस्या समाधान हुने दिन हो, तर नयाँ लगानीका लागि समय अनुकूल देखिंदैन, साथै कामदारहरूको गतिविधिमा पनि ध्यान दिनु ठीक हुन्छ । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुरा प्रति रूचि जागृत हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो, अत: प्रतिष्ठा बढाउने कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, आज प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउन सक्छन् । सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काम विशेषले बाहिर जानुपर्ने समय छ । नियमित कामधन्दाबाट लाभ नै हुनेछ, त्यस्तै सानो प्रयासले ठूलो काम बन्नसक्ने भाग्यबृद्धिको समय हो । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सक्नुहुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो । बारम्बार नकारात्मक धारणामात्र आइरहने समय हो । कसैको कुरामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । मनले नमानेको काम गर्नु हुँदैन, कुनै ठोस निर्णय लिनुपर्ने छ भने अझ एक/दुई दिन अध्ययन गरी कार्यान्वयन गरेको जाति हुन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । कामकाजको चाप र घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन छ । साझेदार वा सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । पार्टनरको व्यक्तिगत स्वास्थ्यमा वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, भलाकुसारी गरी भावना साटासाट गर्नु राम्रो हुन्छ । सिनियर स्टाफ वा कुनै प्रभावशाली व्यक्तिसित सामीप्य बढ्ने, नयाँ कुरो सिक्न पाइने तथा आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुने समय छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं स: भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छोराछोरीको क्रियाकलाप र उन्नति/प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले चिताएको काम सम्पन्न गर्न सकिने छ । रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्ने दिन हो । ज्ञान बढाएर व्यक्तित्वको विकास गर्नु उचित हुन्छ, केही गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।