0 COMMENTS

प्रतिभा भट्टराई/ बर्षमा धेरै पटक पर्ने, दुःख दारिद्र हरण गर्ने र भगवत प्रेम जगाउने एकादशी तिथि हरुमध्ये माघ कृष्णपक्ष मा पर्ने एकादशी लाई षट्तिला एकादशीको नाम ले जानिन्छ। बिष्णु भगवान काे पसिना बाट उत्पत्ति भएको मानिने पूजा अर्चना गर्दा अत्यधिक विशेष महत्त्व रहेको तिलको ६ तरिकाले प्रयाेग गर्दा शुभ फल प्राप्त गर्न सकिन्छ बिहानको ब्रह्म मुहुर्तमा तील मिश्रित जलले स्नान, तिलको तेल काे मालिस, तिलमिसाएको जलसूर्य नारायणलाई अर्पण, पितृ तर्पण, तिलको दान, हवन तथा तिलको सेवन गर्नु लाई यो दिन राम्रो बताइएको छ। अन्य एकादशीमा तिलको सेवन गर्नु नहुने भनिएको भए पनि यो दिन भने शुभ मानिएको छ।

यो दिन जति मात्रामा तिलको दाना काे दान गरियो,उती नै वर्ष स्वर्ग लोक प्राप्त गर्न सकिने मान्यता अनुसार दैनिक गरिने पूजा अर्चना मा कालो तिल काे मात्रा बढाउनु राम्रो हुन्छ। यसदिन ब्रत बस्ने ब्यक्ति ले दशमीको दिन देखि नै सात्विक भोजन ग्रहण गरी एकादशीको दिन अपनाउनु पर्ने सवै विधिहरू आफ्नो शरीर र स्वास्थ्य अनुसार मिलाएर अपनाउनु पर्दछ, भने विष्णु भगवान काे सेवा पूजा पनि आफ्नो ज्ञान र सामर्थ्य अनुरूप नै, धूप, दीप,नैवेद्य,बस्त्र अर्पण गर्दै बिष्णु सहस्रनाम, गीता, भागवत आदि को पाठ तथा ॐनमो भगवते वासुदेवाय काे मन्त्र सके जति जप्नु अति फलदायी मानिन्छ। एकादशी को दिन मांसाहार गर्नु नहुने भनिएको भए पनि तिथि र यसको महत्त्व ज्ञान नहुँदा अनि विश्वास को कमीका कारण आजभोली एकादशी का दिन पनि काटमार चल्ने गरेको देख्न सकिन्छ तर ब्यक्ति पिच्छेका फरक फरक आचरण, अवस्था अनि दिन चर्या हुनु ,जो कसैमा विश्वास होस् वा नहोस् आफ्नो आफ्नो कर्म को प्रभाव हो भनेर शास्त्र बताउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।