0 COMMENTS

प्रतिभा भट्टराई/  देवभूमि, तपोभूमि ,कर्मभूमि र पुण्य भूमि मानिएको हाम्राे देश नेपालमा यत्रतत्र छरिएर रहेका देवी र देवताका उत्पत्ति स्थल हरु जस्तै अत्यन्तै धार्मिक महत्व बोकेको स्थल हो कालिञ्चोक भगवती को मन्दिर। नेपाली समयको मापन गरिने गौरी शंकर हिमालको काखमा अवस्थित, लाङटाङ लगायत अन्य हिमश्रृङखलाहरुकाे दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा सडक सुविधा अनि केवलकारको सुविधा समेत उपलब्ध भए सँगै हिउँमा रमाउन साथै दोलखा भीमसेन र त्रिपुरा सुन्दरीको दर्शन गर्न दिनप्रतिदिन यात्रुहरुको चाप बढ्ने गरेको पाइन्छ।

काठमाडौं बाट दोलखासम्म पक्की र सदरमुकाम चरिकोट बाट १७ किलोमीटर कच्ची बाटो पार गरेर कुरी बजार पुग्न सकिन्छ।जीप, गाडी र मोटसाइकल चलाउन मिल्ने उक्त कच्ची सडकमा भने हिउँ परेको समयमा र वर्षा याममा निकै सावधानी अपनाउनु पर्ने देखिन्छ।
कुरी बजार बाट केही मिनेटको केवलकारको यात्रा पछी कालिन्चोक भगवती विराजमान अग्लो डाँडाको फेदीमा झरे पछि आफ्नो सारीरिक अवस्था अनुसार १०, १५मिनेटको उकालो चडे पछी पुग्न सकिन्छ यो मन्दिर। थोरै चिसो हुँदा र बादल लागेको बेलामा पनि हिउँ परीहाल्ने उक्त स्थानमा जाँदा लुगा र सजिलो जुत्ताको ब्यबस्था गर्न जानिएन भने चाहिँ चिसोले सताउने र हिउँमा चिप्लन सक्ने पनि सम्भावना रहन्छ।

तर फेदमा हुँदा जति चिसोको डर रहन्छ माता को स्थलमा पुगे पछि भने तातो महसुस हुनुका साथै स्वर्गीय आनन्दको अनुभव गर्न सकिन्छ। मन्दिरको संरचना बनाउन नहुने बिश्वास रहेको ले भक्त हरूले अर्पण गरेको ध्वजा घण्टा र त्रिशूलहरु द्वारा सानो जलले भरिएको कुण्डलाई घेरिएको छ भने सँगै त्रिशुलहरु कै आड लिएर अग्लो चुचुरोमा साँगुरो तर लाम्चो अनि थाेरै समतल भागमा खुला आकाशमुनि सजिएकी माता कालीन्चोकि को मूर्ती पनि रहेको छ । ३८४२मिटरको उचाईमा रहेको यो रमणिय स्थान मा पुगे पछि हरेक व्यक्तिलाई वरपरका सुन्दर दृष्यको आनन्द दिँदै फोटो खिच्न हतार हुन्छ भने जति फोटो र भिडियो लिए पनि नपुग भएको मान्दछन् र सोहि स्थानमा अलमल गरिरहन चाहन्छन तर साँगुरो ठाउँ अनि ठूलोदशैँ, चैते दशैं का साथै जनै पूर्णिमा, नयाँ वर्ष छुट्टीका दिन हरुमा लाग्ने भिडभाडमा सुरक्षा कर्मी हरु ले छिटो गरी तल ओर्लन अनुरोध गरिरहने गर्दछन।

कतै कालिन्चोक, फूलचोकी माई र पलान्चोक भगवती गरी तीन दिदीबहिनी भएको बर्णन पाइन्छ भने कतै पाल्चोक, नाला भगवती, नक्साल भगवती र शोभा भगवती सहीत सात दिदीबहिनी भएको बर्णन पनि पढ्न पाइन्छ तर यि सबै मध्ये जेठी मानिएकी माता कालिन्चोकी को साथमा महादेव को पनि पुजा हुन्छ भने दर्शन गरिसकेर ओर्लने क्रममा माताको स्थान तर्फ फर्केर हेर्न नहुने बिश्वास पनि रहेको छ।

यसरी हिउँ परेको बेलामा पुगियो भने हिउँ सँगै रमाउन अनि खुल्ला मौसम भएको समयमा पुगियो भने पनि हिमाल हरु सँग नजिकिएर आध्यात्मिक आनन्द का साथ प्राकृतिक सुन्दरता सँग छुट्टी मनाउन यो स्थानमा एकपटक वा अनुकूल मिले पटक पटक पुग्नै पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।