0 COMMENTS

प्रतिभा भट्टराई/ गलैँचा जस्तै देखिने हरिया चियाबगान र अन्य बोटबिरुवा ले सजिएको र भूस्खलन को दृष्य हत्तपत्त नदेखिने”पहाडकी रानी “को नामले परिचित पूर्वी नेपालको इलाम जिल्ला , अलैँची, अम्लिसो, आलु, ओलन, अर्थोडक्स चिया, अकबरे खुर्सानी, अदुवाजस्ता नगदे बालीकाे राम्राे उत्पादन सँगै “नगदे बाली”काे खानी को नामले समेत चिनिएको छ। सात”अ” को जिल्ला भनेर पनि आफ्नो पहिचान बनाएको इलाम यसै नगदे बाली बाट ३२अर्ब रूपियाँ बार्षिक आम्दानी गरि समृद्ध बन्दै छ भने यसलाई अझै बढाउने लक्ष्य सहित अतिथी सत्कारमा पनि चासो देखाउँदै बार्षिक प्रशस्तै पर्यटक भित्र्याउन सफल हुँदै सात बाट आठ”अ काे जिल्ला को रूपमा प्रख्यात बनिसकेको छ।

मौसम र धरातलको साथ पाएका परिश्रमी इलामेलीहरु फलफूल खेतीमा पनि आकर्षित बन्दै छन भने आफ्नो जिल्लालाई दोस्रो सफा शहर भनेर दाबी गर्न सक्ने पनि भइसकेका छन्। त्यस्तै जलवायु परिवर्तन ले निम्त्याउन सक्ने खतराहरुबाट बच्ने उपायको खोजीमा पनि जागरुक देखिन्छन् । समुन्द्री सतहबाट १४०मीटर देखी ३, ६३६मीटरको उचाइसम्म फैलिएको कारण सो जिल्ला जैविक विविधतामा धनी यसै छँदै थियो। सडक अनि यातायातको सुविधा पनि राम्रो भएको इलाम पुग्ने बाटोमा पर्ने फिक्कल, कन्याम, सूर्योदयको सुन्दर दृष्यको लागि प्रख्यात श्री अन्तु डाँडा सानो पाथीभराको मन्दिर , इलाम वरपरका लव डाँडा, भ्यु टावर, भालू ढुङ्गा, माइस्थान लगायत सन्दकपुर माइपोखरी का साथै अन्य थुप्रै रमणिय स्थान हरु भएका कारण त्यहाँको सुन्दरताको मजा लिँदै र विविध कुराहरुको अनुभव गर्दै इलाम घुम्न लगभग १५ दिनको छुट्टी लिएर आउनु पर्ने भनाइ इलामेली हरुको भए पनि आफ्नो समय र परिस्थिति अनुकूल एकपटक वा पटक पटक इलाम घुम्नु भनेको साँच्चै आफुलाई खुसी बनाउने मौका दिलाउनु हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।