0 COMMENTS

मकवानपुर, २४ कात्तिक/ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारीदिनुभयो । उहाँले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।