0 COMMENTS

काठमाडौं ०४ श्रावण , २०७८/नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ। आज ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने उनले बताए।

आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ। आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।