0 COMMENTS

 प्रतिभा भट्टराई/  वर्षका हरेक महिनामा एउटा पूर्णिमा तिथि पर्दछ र वैशाख महिनामा पर्ने पूर्णिमा लाई चण्डी पूर्णिमा भनिन्छ। यसै दिन बुद्ध जयन्ती, कूर्म जयन्ती, उभौली पर्व अनि गोरख नाथ जयन्ती पनि पर्दछ।
भगवान भोलेनाथ का अंश मानिने, नेपालका राष्ट्र गुरु गाेरखनाथ को उत्पत्ति पाकिस्तानको रावलपिन्डीमा बाह्रौं शताब्दी तिर भएको जनश्रुती पाइन्छ। भाेले नाथ को जस्तै माता पिता थाहा नभएका गोरखनाथको उत्पत्ति भोलेनाथको इच्छ्या अनुरूप गुरू मछिन्द्रनाथको कृपा द्वारा गोबरमा भएको थियो त्यसैबाट गोरक्ष हुँदै गोरख काे नामले परिचित भएका मानिन्छन्।
नाथ सम्प्रदायका नवौं योगी मानिएका गोरखनाथ , योग समाधिमा पुग्ने व्यवहारिक विधि वा मानसिक एकाग्रता र शारीरिक स्वस्थताका लागी एकै पटक प्रयोग गरिने हठ योगका विधिहरूकाे प्रतिपादक पनि थिए। हाल बाबा रामदेवले सिकाइरहनु भएको योगको प्रथम आविष्कारक योगी गोरखनाथ नै हुन भनिन्छ।

नेपाल र नेपालीका लागी वर्षा र सहकालका देव , गुरु मछिन्द्रनाथ बाट ४ वेद, ६ शास्त्र, अठार पुराण लगायत सम्पुर्ण ज्ञान प्राप्त गर्न सफल गुरु गोरखनाथ एक सिद्ध पुरुष थिए। उनकै सञ्जीवनी विद्या काे चमत्कारद्वारा निर्जीव वस्तुबाट बालक नाथको जन्म भएको मानिएको छ। यस्ता चमत्कारी योगी गोरखनाथले तपस्या गरेको भूमिकाे नाम गोरखा हुनु र उनले एक रात बिताएकोभनिएको ठाउँको नाम गोरखपुर हुनुले पनि उनको अलौकिक शक्ति अनुमान गर्न सकिन्छ।

भनिन्छ, हर समय मानव कल्याणका विधिहरूको आविष्कार गर्ने चिन्तनका लागी खर्चने योगी गोरखनाथको प्रीय आहारा खिचडी र रोट थियाे । त्यसैकाे सम्झनामा आजपनि गोरखामा भब्य रोट महोत्सव गरिन्छ भने गोरखपुरमा खिचडी महोत्सब गरिन्छ।

योगी भएका कारण बिभिन्न ठाउँहरू घुम्ने क्रममा हालको गोरखा जिल्लामा तपस्यारत रहेका बेलामा नै राष्ट्र निर्माता पृथ्वी नारायण शाहले यस्ता सिद्ध पुरुष गुरु गोरखनाथ को दर्शन र आशीर्वाद प्राप्त गरेका र सोही अनुसार राजा पृथ्वीनारायण शाह ले सानो राज्यबाट सुरू गरेका राज्यविस्तारको काम आफ्नो छोटो आयुको बावजुद पनि सम्पन्न गरेको कुरा इतिहासमा पढ्न पाईन्छ। जून राज्यमा पाइला टेक्यो सो राज्य जित्न सफल पृथ्वी नारायण शाहका पाइला आफ्नो राज्यमा पर्ला की भन्ने चिन्ता त्यतिखेर का साना साना राज्यका राजा हरुलाई पर्ने गर्थ्यो रे।
यसरी नेपाल देश निर्माणमा अप्रत्यक्ष भूमिका निर्वाह गरेका बाबा गाेरखनाथको सम्मान , नेपाल र नेपालीले आफ्नो उन्नति, प्रगति र समृद्धिको लागि गर्नु पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।