0 COMMENTS

काठमाडौँ २८बैशाख०७८– भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ।

भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ चेतवानी दिएको छ।डब्लूएचओकी कोरोना प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसले चिन्ताजनक अवस्थामा पुर्याउन सक्ने उल्लेख गरेकी छन्।

डब्लुएचले आधिकारिक रुपमा नै यो भेरियन्टलाई वैश्विक स्तरमा चिन्ता गर्ने भेरियन्ट भएको घोषणा गरेको समेत उनले बताएकी छन्।यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको बताउँदै डब्लूएचओले यसको शुरुवाती रुप अक्टोबर २०२० मा पाइएको बताएको छ। यस भेरियन्टबारे विस्तृत विवरण मंगलबार उपलब्ध हुने मारियाले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।