0 COMMENTS

प्रतिभा भट्टराई/  कार्तिक शुक्ल एकादशी लाई हरिबोधनी एकादशी तथा देव उठनी एकादशी पनि भनिन्छ। असार शुक्ल पक्षको एकादशी देखी आफ्नो कार्यभार भोले नाथ लाइ सुम्पेर क्षीर सागरमा सयन गरेका विष्णु भगवान यसै दिन जागा हुनुहुन्छ भन्ने मान्यता अनुसार वर्ष भरीमा पर्ने २४ र पुरुषोत्तम महिना मा थपिने २ गरी २६ एकादशी का महत्व सामान हुने भए पनि यही असार शुक्ल एकादशी (हरिशयनी) र कार्तिक शुक्ल एकादशी (हरिबोधनी) लाई ठूलो एकादशी पनि भनिन्छ।

त्यसैले चतुर्मास भरी एकादशीको व्रत लिने हरुले पनि यसै दिन व्रतको समापन गर्दछन भने यी दुई एकादशीको व्रत धेरैले बस्ने पनि गर्दछन। मिले सम्म परिवारका सबै सदस्य ले र नमिले एक जनाले मात्र यो व्रत बसी कन्या समान पुजेर हुर्काएको तुलसीको विवाह भगवान शालिग्राम सँग गरिदिँदा कन्या दान गरेको फलको साथै सम्पूर्ण तीर्थ गरेको फल लगायत थुप्रै शुभ फल हरु प्राप्त गर्न सकिने जन विश्वास छ।
अघिल्लो दिन रातभरि आफ्ना पितृ हरुका नाममा दीप जगाई बिहान गंगामा सेलाउने र गंगामा फूल तार्ने काम पनि यसै एकादशीको दिन गरिन्छ।
कुनै समय बृन्दा ले पालन गरेको पतिव्रता धर्म को फलको दुरुपयोग गरी जालन्धर ले दुष्कर्म हरु गर्न लागे पछि युद्ध गर्दा भोले नाथ ले पनि ऊ सँग हार्नु परे पछि भगवान विष्णुले निकै चलाखी पूर्ण तरिकाले वृन्दा काे पतिव्रता धर्म को नष्ट गरी जालन्धर काे बध गरिएको थियो। त्यो थाहा पाए पछि विष्णु भगवान लाई झार, वृक्ष, घाँस र ढुङ्गा हुनु परोस् भनेर दिएको श्राप अनूसार शालिग्राम को रुपमा रहनु भएको विष्णु भगवान सँग सोही दिन काे सम्झनामा तुलसी रूपी वृन्दा काे विवाह विष्णु भगवान सँग गराइदिदा अखण्ड सौभाग्य, पाप मोचन, तथा सुख,शान्ति,समृद्धि काे वृद्धि हुने विश्वासले यस दिन कोजाग्रत पूर्णिमा देखी कार्तिक पूजा र दीप दान गरी सेवा गरिएको तुलसीलाई सौभाग्य का सामाग्री, मौसमी फल आदी अर्पण गरी तुलसीको मोठ सकेसम्म सिँगारी तुलसी र शालिग्रामको विवाह सम्पन्न गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।