0 COMMENTS

काठमाडौं २३ आश्विन २०७७- सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार राति बसेको वार्ता असफल भएको छ ।

बिहीबार विनानिष्कर्ष टुंगिएको वार्ता शुक्रबार पुन: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राति ९ बजेदेखि बसे पनि सहमति हुन नसकेको डा केसी तर्फका वार्तामा सहभागी डा जीवन क्षेत्रीले बताए ।

डा केसीले राखेका मागहरु मध्ये २०७५ साउन १० गते भएको सम्झौता पूरा गर्नुपर्ने विषयमा सरकार पक्षले कुनै सहमति नजनाएपछि वार्ता असफल भएको उनले बताए ।

वार्ता असफल भएपछि डा केसीका तर्फका वार्तामा सहभागी डा जीवन क्षेत्रीले सरकार पक्षले माग सम्बोधन गर्ने विषयमा कुनै म्यान्डेट तयार नगरेको बताए ।

डा क्षेत्रीले सरकारले डा केसीको माग सम्बोधन गर्न र उनको जीवनरक्षा गर्ने विषयमा गम्भिर नभएको भन्दै भोलिदेखि कडा आन्दोलनका कार्यक्रम गर्ने पनि बताए ।

शुक्रबार दिनभर शिक्षा मन्त्रालयमा सरकारका मुख्य सचिव, शिक्षा मन्त्री, शिक्षा सचिव तथा सरकारी वार्ताटोलीबीच आन्तरिक छलफल भएपछि सरकारले शुक्रबार राती ९ बजे शिक्षा मन्त्रालयमा पुन डा केसीका प्रतिनिधिसँग वार्ता गरेको हो ।

वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा थिए ।

यस्तै डा केसीको तर्फबाट उनका प्रतिनिधिहरु डाक्टर जीवन क्षेत्री, डाक्टर अञ्जनी कुमार झा, डाक्टर लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल सहभागी थिए ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा केसीले भदौं २९ गतेदेखि अनसनरत छन् । डा केसीको अनसनको शुक्रबार २६ औं दिन हो । अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।