0 COMMENTS

काठमाडौं २६ भाद्र २०७७ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज (शुक्रवार) सकिएको बैठकले विवादका कारण लामो समयदेखि अड्किएको उक्त परियोजनासम्बन्धी विधेयक परिमार्जन गर्ने गरी अगाडि बढाउने निर्णय गरेको हो ।

एमसीसीमा कुन विषय संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा पार्टीभित्र थप छलफल गर्ने निर्णय भएको जनाइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे यसअघि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई ध्यानमा राखेर संशोधन र परिमार्जन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।