0 COMMENTS

काठमाडौं  २६ भदौ २०७७ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १३२५ मा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँले घटेर १३१० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।