0 COMMENTS

काठमाडौं १५ भदौ २०७७। समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ आज ( भदौ १५ गते सोमवार) बाँडफाँट हुदैंछ ।शुक्रवारनै प्रि अलोटमेण्ट गरिसकेको यो आईपीओ शनिवार बाँडफाँट गर्ने तयारी भएको भएपनि प्राविधिक कारणले सोमवारसम्म धकेलिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले शुक्रवार डाटा भेरिफाइमा भैनसक्दा बाँडफाँट गर्न नसकेको जानकारी दिए ।

सोमवार दिउसो २ बजे क्यापिटलको कार्यालय, नक्सालमा थोरै जनाको मात्र उपस्थितिमा आईपीओ बाँडफाँट गर्ने तयारी रहेको तिमिल्सिनाको भनाई छ । बाँडफाँटको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने समेत तिमिल्सिनाले जानकारी दिएका छन् ।

समाज लघुवित्तले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । यस आईपीओमा माग भन्दा १४८ दशमलव ५६ गुणा बढी आवेदन परेको छ ।

५ लाख ६४ हजार १३८ जना आवेदकहरुबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको हो । कुल आवेदकहरुमध्य योग्य ८ हजार ७० जना आवेदकहरुले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । समाज लघुवित्तको जारी पूँजी रू. २ करोड रहेको छ ।

हाल रू. १ करोड १४ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू. २ करोड पुग्नेछ । आईपीओ पश्चात संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारण तर्फ ४३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।