0 COMMENTS

काठमाडौं१२भदाै २०७७– रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार ५ लाख ६७ हजार जनाले १० कित्ताका दरले कम्पनीको शेयर पाएका हुन् । बाँकी २० हजार ५०९ जनाको हात खाली भएको छ ।

कम्पनीको आइपिओमा ५ लाख ८९ हजार ४६४ जनाको आबेदन परेको थियो । त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।