0 COMMENTS

काठमाडौं ०८ भदौ २०७७। भदौ ४ गतेदेखि विक्री खुला भएको समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १४८ दशमलव ५६ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार अन्तिम दिन सोमवार साझ ५ बजेसम्ममा ५ लाख ६४ हजार १३८ जना आवेदकहरुबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको आवेदन परेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । समाज लघुवित्तको जारी पूँजी २ करोड रुपैयाँ रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी १ करोड १४ लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणका लागि यो आईपीओ जारी पश्चात समाज लघुवित्तको जारी पूँजी अनुसारको रकम कायम हुनेछ । आईपीओ पश्चात संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारण तर्फ ४३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।