0 COMMENTS

काठमाडौं ०४भदाै०७७ । रिलायन्स लाइफ इन्स्योरेन्सले आज (भदौ ४ गते) धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यस्तै अर्को ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा भने सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

ad
कम्पनीको आईपीओमा सर्वसाधारणले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन १६ गते शुक्रबार आईपीओ निष्कासन अनुमति दिएको हो । कम्पनीले कुल चुक्ता पुँजीको ३० प्रतिशत आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयको साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउँछ । हाल एक अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।