0 COMMENTS

हरेक वर्ष त्रिलोकपती महादेवको उत्पत्ति भएको मानिने अनि चार प्रमुख रात्रि हरु मध्ये एक मानिएको शिव रात्रिको महत्व समान हुने गरेको भए पनि यसपाली, नेपाल लगायत समस्त हिन्दु हरु काे गौरव र आस्थाको केन्द्र, पशुपति नाथको मन्दिर भने बिल्कुल भिन्न थियो।भगवान सबैका साझा हुन भनेर जान्दा जान्दै पनि आफ्नो पूजाकोठामा भएका भगवान आफ्नै जस्ता लागे झैं आफ्नो देशको मुटुमा रहेको पशुपतिनाथको मन्दिर मा नै पो भगवानको बास हुने हो कि वा स्वर्ग सायद यस्तै पो हुन्छ कि भन्ने भान हुने गरी सजिएको उक्त मन्दिर को सजावट, त्यसमा रमाउँदै क्यामेरामा कैद गरिएका तस्बिरहरू, त्यहाँ लागेको भिड अनि जान नपाउने हरुका गुनासाहरु ले केहीदिन चर्चा बटुुलिरह्यो भने सिंगारिएका संरचना हरुका विनास र फूल चोरीको खबरले समेत ठाउँ पाइरह्यो।

विशेष अवसरहरूमा छिमेकी मुलुक भारतमा सिंगारिएका मन्दिरहरू देखेर,आफ्नो देशमा पनि त अत्यधिक महत्व बोकेका मन्दिरहरू भएको ले त्यस्तै गरी सजिएको हेर्न कल्पिएको मनले नीकै आकर्षित ढंगले सिंगारिएको पशुपति नाथको मन्दिर देखेर हर्षित भएको भए पनि केही दिन नबित्दै फुल चुँडेर बिग्रिएको सजावटको दृष्य ले मन् नीकै खिन्न नभएको होइन, यो शभ्य मानिसको व्यवहार भित्र पनि पर्दैन तर फूल सबैलाई मन् पर्ने पवित्र वस्तु भएपनि”फूललाई माया गर्ने हरुले बोटमा पानी हाल्छन अनि मन् पराउने हरुले टिप्छन्।”भने जस्तै भगवान मा आस्था भएकै कारण मन्दिर गएका मानिसहरूमा पनि फूललाई माया गर्ने हरुले सजावट हेरेर र सेल्फीमा रमाएर आनन्द लिए होलान् अनि मन् पराउने हरुले चुँडेर ,आफ्नै सिरमा लगाएर अनि बास्ना लिएर फालिदिए होलान्। जस्ले जे उदेश्यले फूल चोरेका भएपनि, कुनै पनि आफूलाई मन् परेका कुरा नपाउन्जेल लोभ लाग्ने र पाइसकेपछि बढी हुने मानवीय गुण का कारण पहिलो पटक विदेशबाट झिकाइएको भनिएका नीकै मनमोहक रङका नौला नौला फूलहरू देखेर कोही लोभिएका पनि होलान्।अब यसैगरी हरेक विशेष पर्वहरू (रामनवमी,कृष्णजन्माष्टमी , बुद्धजयन्ती, हरितालिका तीज) मा विशेष महत्व बोकेका मन्दिरहरू यसैगरी सजिने हो भने हामी फूलका लोभी नभई बाँदर भन्दा पनि तल्लो दर्जा का मानिस हुने थिएनौं।

अन्तमा, विभिन्न प्रयोजन हरुमा प्रयोग गरिने फूलले पनि आफू फुलेको सार्थकता त्यति खेर मात्र महसुस गर्छ जब उ भगवानको मन्दिरमा चढ्न पाउँछ वा बिना अर्थ फूलले आफ्नो अस्थित्व गुमाउन नपरोस् भन्ने मनस्थितिको विकास होस् र यसपाली, कसैले २ करोड, कसैले तीन करोड र कसैले एकजना भारतीय ले चढाएको वा पशुपति विकास कोषले खर्चेर पशुपतिको मन्दिर सजाइएको भनेर सुनिएका समाचार हरु को सट्टा अर्का वर्षहरूमा फलानो नेपाली द्वारा नेपालमै उत्पादन भएका यति करोड को फूलले फलानो मन्दिर सजाइयो भन्ने खबर समाचारको हेडलाइन बनोस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।