0 COMMENTS

अनुसन्धानले दम रोग गर्मी मौसमको तुलनामा जाडो मौसममा दोब्बर बढ्ने देखाएको छ । यदि क्रोनिक पुरानो दम छ भने यसलाई थप नराम्रो हुनबाट बच्न सकिने उक्त अनुसन्धानले उल्लेख गरेको छ । अनुसन्धानकर्ताहरुले दम रोगीमा गरेको अध्ययन अनुसार दम रोग गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ। जाडो मौसममा दमरोगीको अस्पताल भर्ना हुने दर पनि उत्तिकै बढ्ने देखाएको छ ।

चिसोमा पटक–पटक कडा खोकी लाग्ने,खोक्दा खकार आउने,श्वास फेर्न गाह्रो हुने,श्वाँ–श्वाँ बढ्ने जस्ता समस्या बढ्न सक्छन् । यस कारण चिसो मौसमभरी सकेसम्म विहान बेलुकीको चिसोमा बाहिर ननिस्कने,बाहिर जानै परेमा सफा रुपमालले मुख र नाक छोप्ने गर्नुपर्छ यसले फोक्सोमा चिसो पस्न रोक्छ। अनुसन्धानले भन्छ कि यी उपाय अपनाउँदैमा पुरानो दम पुरै निको त हुँदैन तर चिसोको कारण बढ्ने दमलाई कम गर्न सकिन्छ । चिसोको कारण बढ्ने दमलाई कम गर्न निम्न उपाय अपनाउनु अत्यावश्यक छः

घटाउन सकिन्छ। जुन निम्न उपाय अपनाउनुपर्छः–
१.धुमपान र धुवाँवाट बच्ने
जाडो छेक्न घरभित्र बालिने धुवाँले फोक्सोमा इरिटेशन हुन सक्छ। बिशेष गरी दाउरा,इट्टा,मट्टितेलको हिटर,गुइँठा जस्ता आगोले फोक्सोमा इरिटेशन ल्याउँछ।

२. दमको उपचार व्यवस्थापन गर्ने
राम्रोसंग दमको उपचार गरेमा चिसोको कारण थप बढ्ने दमलाई घटाउन सकिन्छ । यो मौसममा लाग्न सक्ने भाइरल फ्लुको संक्रमण र रुघाखोकी लाग्नबाट बच्न सकिन्छ।

३.न्यानो बनाउने उपकरण प्रत्येक दिन सफा गर्ने
प्रत्येक दिन यस्ता उपकरणहरु सफा राख्नाले यी उपकरणले कोठामा उचित मात्रामा न्यानोपन राख्छन् । यसले गर्दा उपकरणबाट निस्कने थप इरिटेशनवाट बचाउँछ।

४.दमरोगीले यो मौसममा आउन सक्ने भाइरल संक्रमणबाट बच्नको लागि आफ्नो चिकित्सकको सल्लाहमा निमोनियाँ बिरुद्धको खोप लिनु उचित हुन्छ।

५.आफ्नो दमको अवस्थाबारे जानकारी
दम पहिचान भइसकेको छ भने आफ्नो चिकित्सकलाई शरिरमा भएको अल्फा– १ एन्टिट्राइप्सनको अवस्था थाहा पाइराख्नुपर्छ । यो यस्तो अवस्था हो शरिरले प्रर्याप्त प्रोटिन उत्पादन गर्न सक्दैन र जसले फोक्सो र कलेजोलाई नष्ट हुनबाट बचाउँछ।

६.बिरामीवाट टाढै रहने
चिसो मौसममा सामाजिक सम्वन्ध र अन्तरक्रियामा कसरी सहभागी हुने भन्ने बारेमा सामान्य दिमाग लगाउनुपर्छ । बालबालिकाको समुहबाट र रुघाखोकी लागेका बिरामीको छेउमा जानुहुन्न । यसो गर्दा भाइरल संक्रमणबाट बच्न सकिन्छ।

७.प्रर्याप्त मात्रामा पानी पिउने
प्रर्याप्त मात्रामा पानी पिउनाले श्वास फेर्न सजिलो हन्छ। बिशेष गरी श्वास–प्रश्वास प्रक्रियामा संक्रमण भएको अवस्थामा सहज हुन्छ।

८.नियमित हात धुने
किटाणुसंग लड्नको लागि राम्रोसित हात धुनु सवैभन्दा राम्रो सफाइ हो। आँखा,मुख छुनु अघि आफ्नो हात राम्रोसंग धुनुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।