0 COMMENTS

बासुदेव सेडाइ०७कार्तीक/ लमजुङ,  लमजुङको बेसीशहर – ७ मा रहेको मानवसेवा अाश्रममा जन्मदिनमा बृक्षराेपण कार्यक्रम सम्पन्न भएको छ । बेसीशहर नगरपालिका युवा सञ्जालका अध्यक्ष निश्चल पाण्डेको जन्मदिनको अवसरमा उक्त कार्यक्रम अायाेजना गरिएको हाे ।

वातावरण सन्तुलन , नेपाली माैलिकताकाे संरक्षण ,शान्ति सुशासन असल अाचरण संस्कारलाई प्राेत्साहन र मानव जातिमा एकता र सद्भावकाे कामना गर्दै लमजुङको बेसीशहर बाट सुरु भएको अभियान देशभर चलिरहेको अवस्थामा नयाँ पुस्ताकाे यसप्रति चासो बढेको छ । प्रमुख अतिथि संविधानसभा सदस्य टुका हमालले जन्मदिन मनाउने याे तरिकाले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो । मानवसेवा अाश्रमकाे तर्फबाट अनिता अधिकारीले अाश्रमकाे गतिविधिका बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा लमजुङ मर्स्याङदि युवा क्लब अध्यक्ष जुन तामाङ,राष्ट्रिय युवापरिषद लमजुङका अध्यक्ष बिबस बुढाथोकी, रेडियो चाैतारि अध्यक्ष ईश्वर पाण्डे , बेसीशहर वडा नं ९ अध्यक्ष सरद बराल वडा नं ८ अध्यक्ष पबित्रा राना लगायतको उपस्थिति थियोे । अाफ्नाे जन्मदिन मनाउँदै पाण्डेले मानवसेवा अाश्रमलाई रु १५०५ सहयोग समेत गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।