0 COMMENTS
बासुदेव सेढाइ

हरितालिका ( तीज ) नेपाली नारीहरुकाे महत्त्वपूर्ण पर्व हाे । अघिल्लो दिनमा अनतिकाे चामल लाई तेल ध्यु मा पकाएर लट्टे बनाउने दर खाने भाेलिपल्ट व्रत बस्ने नाचगान रमाइलो गर्ने गरिन्छ । माईती र चेलीकाे भेटघाट गराउने पर्व तीजमा टाढा टाढा रहेका अाफ्ना छाेरी चेली हरुलाई घरमा बाेलाएर दर खुवाउने चलन छ । समाजमा रहेका बिकृति बिसंगति बिरुद्ध र देशमा घटेका घटनामा अाधारित रहेर समाजकाे यथार्थता लाई गित मार्फत प्रस्तुत गरिन्छ तीजमा । पछिल्लो समय तीज अत्यन्तै भड्किलो हुन थालेको छ जसकाे कारण गरिब बर्ग लाई यसले रमाउन दिएको छैन ।

शरिरमा झपक्क सुनका गहना , महंगा कपडा र महंगो हाेटलकाे दर ऐलेकाे तीजको प्राथमिकतामा पर्छन् । धनाड्य बर्ग लाई याे सामान्य लागेपनि गरिब र बिपन्न बर्गकाे लागि यसले हिनताबाेध गराएकाे हुन्छ । व्युटिपार्लरकाे खर्च , गहना कपडाको खर्च , हाेटलकाे खर्चले निकै मारमा पारेको छ । अाफैले शिर्जना गरेर गाउने तीजका गितकाे सट्टामा अरुले गाएकाे गित लाई चर्काे गरि बजाएर नाचगान हुन्छ जसले नयाँ शिर्जना हुन सक्दैन । गितका शब्द हरु पनि छाडा प्रबृत्तिका छन् । हुनत अाफ्नाे अाफ्नाे हैसियत अनुसारको तीज मनाउन पाउने अाफ्नाे अधिकार हाे तर भन्न खाेजेकाे कुरा तीजकाे माैलिकपन समाप्त हुदै गएकाे छ भन्ने हाे । पछिल्लो समय हरेक चाडपर्व मनाउने अाधुनिक तरिकाकाे कारण हाम्रो माैलीक संस्कृति धरापमा परेको छ ।

तीजमा श्रीमतीको खर्च जुटाउन कतिपय श्रीमान लाई नै अप्ठ्यारो परेको छ । अाधुनिक तरिकाले तीज मनाउने प्रबृत्तिले माईती र चेलीकाे महत्त्व लाई घटाएको महशुस भएको छ । धनाड्य बर्गले गरिब बर्गलाई हेर्ने दृष्टिकाेण त के कुरा अाफ्नै काेखबाट जन्मेका दुई छाेरी मध्य धनी छाेरीकाे महत्त्व हुने र गरिब घरमा परेकि छाेरी हेला हुने गरेको देखिन्छ । हाेटलमा दर खान पाईन्छ र माेवायलमा तीजको गित सुन्न पाईन्छ यसले माईतीकाे महत्त्व घटाएको त छैन ? राष्ट्रिय चाडपर्व हरु अापसि सद्भाव मेलमिलाप र एकताको सन्देश दिने तरिकाले मनाउनु पर्छ । तीज अाउनु पहिलेनै प्रतेक टाेलटाेलमा , गाउँ गाउँमा , हाेटल हाेटमा , पार्टी प्यालेसमा , अफिसमा , संघसंस्था हरुमा तीजको दर कार्यक्रम हुने गरेको छ ।

कुनैपनि चाडपर्वकाे बिषय एकातिर र मनाउने प्रचलन अर्कोतिर भयो भने त्यसको अाैचित्य रहदैन । मासु र पेय पदार्थको अत्यधिक प्रयोग हुने गरेको छ दर कार्यक्रममा जुन त्यति सहज ढंगबाट नेपाली समाजले पचाउन अप्ठ्यारो हुन्छ । महिला हरुलाइ लक्ष्यित गरि तीजमा धेरै रचनात्मक काम गर्न सकिन्छ विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गरि महिला हरुलाई जागरुक र सचेत बनाउन सकिन्छ जसले देशको बिकासमा महत्त्वपूर्ण भुमिका खेल्न सक्दछ । खाने र लगाउने मात्रै नभएर अन्य नयाँ तरिकाले पनि चाडपर्व मनाउन सिक्नु पर्नेछ । बिदेश बाट अायातित सामानकाे बढ्दो प्रयाेगले देशको अर्थतन्त्र कमजोर बनाउछ त्यसैले माैलिकता , नेपाली संस्कृति , अार्थिक अवस्था हेरेर चाडपर्व मनाउने गर्नु नेपाल र नेपालीकाे लागि हितकर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।