0 COMMENTS

चतुर्भुजाचार्य चुडामणि महाराजको भगवत सेवा पश्चात प्राप्त भएको दर्शन र प्रेरणा सँगै उहाँकै परिकल्पनामा निर्मित, हरेक हिन्दु धर्ममा आस्था राख्ने नेपालीले आफ्नो जीवनमा एकपटक गर्नै पर्ने यात्रा भनेर मान्यता दिएको चारधाम अन्तर्गत पर्ने बद्री नारायणको मन्दिरकाठमाडौं महानगरपालिका बाट ६ किलो मीटर जतिकाे दुरीमा तारकेश्वर नगरपालिकाको वडा नं २ स्थित काभ्रेस्थली शिवपुरी खण्डमा अवस्थित छ। वरपर तारकेश्वर महादेवको मन्दिर, भुवनेश्वरी मन्दिर, बरुणेश्वर महादेवको मन्दिर महांकाल मन्दिर तथा प्राचीन बुढानिलकण्ठमन्दिर रहेको यो स्थान अत्यन्त रमणिय छ। जसलाई शान्ति धाम को नामले पनि चिनिन्छ।

भारतको उत्तराखण्डमा रहेको बद्रिकास्रमको मन्दिर हिमपातका कारण वैशाख शुक्ल तृतीया वा अक्षय तृतीया देखि ६ महिना खुल्ने र त्यही समय पारेर विकट भौगोलिक अवस्था का कारण असहज परिस्थिति, बाटोको अनविज्ञताले निम्त्याउने दुर्घटना, ठगिने डर जस्ता कुरा काे पर्वाह नगरी आफ्नो घरव्यवहार मिलाएर तीर्थ यात्रा मा निस्कने नेपालीहरुले छिमेकी मुलुक भारतमा नजानिँदो ढंगमा लगभग ३२ अर्ब काे हाराहारीमा पुर्याउने नेपाली रकमको सुरक्षा लगायतआफ्नै देशलाई धार्मिक स्वावलम्बन को बाटोमा उन्मुख गराउने उदेश्यले सो बद्री नारायणको मन्दिर को पूर्णता सँगै अन्य तीन धामको पनि निर्माण गर्ने लक्ष्य का साथ अघि बढ्नु भएका मठाधिस चुडामणि महाराजले उक्त मन्दिर निर्माणको सुरुआती दिनहरूमा आएका बाधा अवरोध हरुको सामना गर्दै वा भगवानको परीक्षा सम्झेर पर्वाह नगरी धैर्यता का साथ लागि परिरहँदा२०७३ साल जेष्ठ निर्जला एकादशीको दिन सिलान्यास गरिएको सो मन्दिरलाई २०७४ साल राम नवमीको अवसरमा सम्पन्न गर्नुभएको थियो।

एउटा दीप बाट अर्को दीप जगाउँदा दुबै दीपको शक्ति एकनास भए जस्तै विधिपूर्वक मन्त्रोच्चारण द्वारा प्राण प्रतिष्ठित हरेक मन्दिरमा भगवानको आगमन हुने हुँदा समय र खर्च को व्यवस्थापन गर्न सके धार्मिक प्रयोजन सहित काे यात्रा जीवनको एक रमणीय पाटो भएतापनि, आफु बिरामी नै नहुँदा पनि अस्पतालमा लाग्ने भीड देख्दा दिक्क लाग्ने र आफूले दर्शन नै गर्न नपाए पनि मन्दिरमा लागेको भीड देख्दा खुसी लाग्ने भएको ले आफ्ना नजिक रहेका हरेक मठ मन्दिर हरुको संरक्षण र प्रचार प्रसार गरी तीर्थ बनाउने काम गर्नु ले कुनै पनि ठाउँको स्थानिय बासी तथा देशबासीको परिचय गराउने भएकोले आफ्नो उत्तम परिचयको लागि सबै जुट्नु उचित देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।