0 COMMENTS

नमराज भट्ट, कञ्चनपुर महेन्द्रनगर असार ११/ महेन्द्रनगर स्थित गल्ली न .१ दोगडा केदार भुमिराज फार्मेसीमा दुई दिने मधुमेह थाईराईड तथा हर्मोन रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सप्पन्न भएको छ ।

दोगडा केदार भुमिराज फार्मेसी ,स्थानीय नागरिक सरोकार समूह ,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ,आदर्श नेपाल भागेश्वरी ग्रुपको आयोजना उक्त शिविर सञ्चालन भएको थियो । ललितपुर जावलाखेल स्थित अल्का अस्पताल प्रा.लि र काठमाडौं डाईबेटिज एण्ड थाईराईड सेन्टर प्रा.लि.का वरिष्ठ मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा .अंशुमाली जोशीले शिविरमा करिब ५०० भन्दा बढीको निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।

मधुमेह ,थाइरोइड र हर्मोन सम्बन्धि अहिलेसम्मकै बृहत् नि:शुल्क स्वास्थ्य शिविर भएको र महेन्द्रनगरबासीहरुले वरिष्ठ डाक्टर बाट चेकजाँच गर्न पाउँदा खुसी व्यक्त भएको दोगडा केदार भुमिराज फार्मेसीका व्यबसायी हेमराज जोशीले बताए। यो शिविरबाट एकदमै राम्रो भएको र निकट भबिष्यमा पनि अरु विशेषज्ञहरुको सेवा प्रदान गर्ने योजना रहेको फार्मेसीका सञ्चालक राहुल भट्टले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।