0 COMMENTS

हरेक दिन पर्ने कुनै न कुनै चाड वाड तिथी पर्वहरू जस्तै जुन ५ लाई विश्ववातावरण दिवस मानेर विश्व भर विभिन्न कार्यक्रमहरू गरी मनाईन्छ। यो पृथ्वी हामीले हाम्रा पिता पुर्खाहरूकाे आर्जन र संरक्षण बाट मात्र प्राप्त गरेको नभइ भावी सन्ततिहरु बाट सापटी पनि लिएका हौं।तसर्थ यसलाई बर्षौं बर्ष सम्म हराभरा र स्वच्छ राख्दै पछिका पिढीँ हरु लाइ हस्तान्तरण गर्नु पर्छ भन्ने भाव का साथ १९७३ देखि मनाउने गरिएको यो दिवस वृक्षारोपण, सरसफाई जस्ता कार्यक्रम हरु गरी मनाइन्छ।
वातावरण लाई प्रत्यक्ष असर गर्ने वस्तु हरु वायु प्रदुषण, जल प्रदुषण तथा ध्वनि प्रदुषण नै हुन् भने प्रत्येक व्यक्तिको स्वास्थ्य सँग सरोकार राख्ने यी तीनै कुराहरूलाई प्रदुषित पार्ने पनि हामी मानिसहरू नै हौं। आज हरेक सामान सेवा र सुविधा विना शुल्क लिन नपाइने अवस्थामा, निःशुल्क जति मन् लाग्यो त्यति लिन पाइने प्रकृति को वरदान स्वास पनि अव्यस्थित सडक र त्यसमा गुड्ने गाडीका चाप का कारण अनि प्लास्टिक बाल्नु हुँदैन भनेर नजानेर हो वा जानी जानी सफा गर्ने निहुँमा हरेक दिन फोहोर जलाएर बस्ने व्यक्तिहरूका कारण धुवाँ र धुलो मिश्रित स्वास प्रश्वास गर्न बाध्य हामी नाक मुख थुनेर हिँड्न सिवाय केही गर्न नसक्ने अवस्थामा छौं भने जल प्रदुषण का कारण खाद्य वस्तु हरु मा भेटिने अखाद्य पदार्थ काे वर्णन समाचारमा सुनुन्जेल खान बन्द गर्न सिवाय अन्य उपाय लगाउन नसक्नेपरिस्थितिमा छौं।

त्यस्तै टोल थर्कने गरी चलाइने बाइककोआवाजले, सायद चढ्ने लाई आनन्द अनि सान लागे पनि अध्ययन मा तल्लीन व्यक्ति, असक्त ,कमजोर वा मनोरोगी लगायत सयौं मानिस हरुका लागि अत्यन्त असहज हुने भए पनि हरे! भनेर तितो सत्य बक्ने वाहेक त्यसका बारेमा कसलाई, कहाँ, कहिले गएर के भन्ने बारे हामी सब अलमलमा छौं।

यसरी ठूला आवाज का कारण तर्सिएर बाटो हिंड्ने मानिस र तीव्र गति का कारण चढ्ने व्यक्ति स्वयम् दुर्घटनामा परेका उदाहरण हरु समय समयमा सुनिने गरेका भएता पनि, हरेक व्यक्ति सभ्य र अनुशासित आफ्नै लागि हुनु पर्ने तर विचार पुर्याएर काम गर्न नसक्दा र नजानिदा पनि अरूका कुरा नसुन्ने अनि केही नराम्रा घटना नभए सम्म नचेतिने मानसिकताका कारण यस्ता कामहरू रोक्न का लागि सम्बन्धित निकायले नै कडा नियम बनाइदिनु जरुरी देखिन्छ।

मनाउँदै नमनाउनू भन्दा वर्षमा एकदिन मात्र भए पनि कुनै दिवस मनाउनुले केही उपलब्धि पक्कै हासिल गर्न सकिन्छ तर हरकोहि लाई हरक्षण स्वस्थ शरीर र मानसिक शान्ति का लागि स्वच्छ वायु,जलअनि सफा र शान्त वातावरण अत्यावश्यक हुने हुनाले यो चाई एक दिवसीय मात्र नभई हर दिवसीय मनाउनु बुद्धिमानी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।