0 COMMENTS

नयाँ नेपाल खै कसरी पारा उस्तै छ
फेरिएको छैन सस्कार नारा उस्तै छ।

काठमाडौ मा बस्नेलाई कर्णाली को के को पिर छ
हुम्ला जुम्ला कालिकोट रारा उस्तै छ ।

खै त पुल नहर खै त बत्ती उज्यालो त्यो
टार्ने आखिर टार्दै गए झारा उस्तै छ

बन्द माथी बन्द सधै हत्या हिंसा आतंक झन
खै त कहाँ परिवर्तन सारा उस्तै छ

ती नै त हुन नेताहरु चाप्लुसी र धनका भोका
मात्र आफ्नै गुटबन्दी मारामार उस्तै छ।

खुट्टा तानातान मात्रै पुरानै को रजाइँ भो
खै त सम्मान योद्धा हरुको बेसाहारा उस्तै छ।

जय ओलि (बजुरेल कान्छो )
खप्तड छेडेदह गाउँ पालिका ७ ओलिगाउँ
हाल: क्षितिज पारिको बस्ती
काठमाडौ #कोटेश्वर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।