0 COMMENTS

काठमाडौं २५चैत्र/ नेपालमा ठूलो परिणाममा फर्सीको बीउ आयात गर्ने तयारी गरिएको छ। नेपालमा वार्षिक रुपमा करोडौं रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ आयात भइरहेको व्यवसायीहरु बताउँछन्।

धादिङ घर भई हाल कलंकी बस्दै आएका फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार नेपालमा वार्षिक एक करोडभन्दा बढी मूल्य बराबरको फर्सीको बीउ आयात भइरहेको छ। उनले विगत तीन वर्षदेखि अमेरिकाको म्याक्सिकोबाट फर्सीको बीउ आयात गरेर काठमाडौंको कलंकीमा व्यवसाय गर्दै आएका छन्।

उनले वार्षिक ६०लाख रुपैयाँ बराबरको फर्सीको बीउ अमेरिकाबाट आयत गर्छन्। चालु आर्थिक वर्षमा मात्रै पाँच टन फर्सीको बीउ अमेरिकाबाट आयात गरेको उनले बताए। प्रतिकेजी चार अमेरिकी डलरमा आयात गरेको फर्सीको बीउ नेपाल आइपुग्दा एक हजार २०० रुपैयाँ पर्ने गरेको व्यवसायी पौडेलले बताए। याे समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।