0 COMMENTS

 बासुदेव सेढाइ,लमजुङ,१४ चैत्र/ रासायनिक मल र अत्यधिक बिषादि प्रयोग गरेर उत्पादन गरिएको कृषि उत्पादनले मानव स्वास्थ्यमा गम्भीर असर गर्नुका साथै विभिन्न प्राणघातक राेगहरु काे असर बढ्दै गएको अवस्थामा लमजुङको बेसीशहर नगरपालिका – ११ चितिमा भने यसकाे निराकरणका बारेमा बृहत अन्तरक्रिया कार्यक्रम गरिएको छ । सिङ्गै चिति लाई अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउने बिषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रममा कृषि संग सम्बन्धित ब्यक्तित्व हरुले अा अाफ्नाे धारणा राख्नुभएको थियोे । मानव स्वास्थ्यमा मात्रै नभएर जमिनमा र वातावरणमा समेत बिषादिले असर गरेको भन्दै कृषि बिज्ञ हरुले अर्गानिक उत्पादनमा जाेड दिए । पशुपन्छिकाे मलमुत्र , बनस्पति जन्य बस्तु कुहाएर मल प्रयोग गर्नुपर्ने सल्लाह थियोे ।

बर्तमान अवस्थामा अर्गानिक कृषि उत्पादनकाे चुनाैति र यसकाे समाधानका बारेमा समेत स्पष्ट पारेका थिय । कार्यक्रममा उपस्थित स्थानीय कृषक हरुले उत्पादन हुने जमिनमा बढ्दै गएको प्लास्टिक जन्य फाेहर सिसा लगाएतले असर गरेको भन्दै प्लास्टिकका सामानमा प्रतिबन्ध लगाउनुपर्ने माग गरे । अाफुहरुले उत्पादन गरेको अर्गानिक कृषि सामानले बजार नपाउने तर भारत बाट अायातित बिषादियुक्त उत्पादनले बजार लिएको उल्लेख गरे । समयमै मल बीउ काे अभाव सिंचाइ अभावले पनि उत्पादन गर्न सकिएको छैन कृषकाे गुनासो थियोे । पुराना स्थानीय बीउ बिजन लाेप हुदै गएकोमा पनि कृषक काे चिन्ता थियोे । युवा पलायन , जमिन बाँझै ,उत्पादन भन्दा लगानी बढी , लगाएको खेतिकाे असुरक्षा र कृषि पेसा प्रति समाजले हेर्न हेलाकाे दृष्टिले पनि कृषिमा सफलता मिल्न सकेको छैन । कार्यक्रम अत्यन्तै सकारात्मक भएको यसले किसानलाई थप उत्साहित बनाएकाे भन्दै अायाेजककाे प्रशंसा गरे । प्रमुख अतिथि बेसीशहर नगरपालिका का प्रमुख गुमान सिंह अर्यालले कृषिको व्यावसायिकरण , अाधुनिकिकरण र यान्त्रिकरण मा जाेड दिनुभयो ।

परम्परागत कृषि प्रणालीले नेपाली लाई झन् गरिब बनाएको भन्दै व्यावसायिक कृषि गर्ने युवा लाई राज्यले लगानी उपलब्ध गराउने स्पष्ट पार्नुभयाे । कृषि क्षेत्रमा राज्य लगानी गर्न तयार छ तर लगानीको सदुपयोग हुनुपर्छ । लागतमा कमि उत्पादन बढी बनाउन सके र कृषि पेसा सम्मानित बनाउन सके लाखौंलाख बिदेशी भुमिमा गएका युवाहरू अाफ्नै देशमा बस्न सक्ने वातावरण बन्नेछ उहाँको भनाइ थियोे । कार्यक्रम का अायाेजक चिन बहादुर थापाले चिति लाई कृषिमा नमुना क्षेत्र बनाउने र चिति बासिकाे अार्थिक अवस्था थप मजबुत बनाउने अभियानमा अाफु लागेको बताउनुभयो ।

चिति बाट विस्थापित सबैलाई चितिमा फर्काउने उद्देश्यले अाफु पनि अमेरिका छाडेर अाएकाे भन्दै सबैको सहयोगकाे अपेक्षा गर्नुभयो । माटो परिक्षण देखि लिएर अब सबै काम सुरु गर्ने वडा कार्यलय र नगरपालिका काे सहयोगमा काम अगाडि बढाईने छ उहाँको भनाइ थियोे । कार्यक्रममा वडा प्रमुख , लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष , पार्टी प्रतिनिधि , संघ संगठन प्रतिनिधि , संचारकर्मि लगाएतकाे उपस्थिति रहेको थियो । वडा अध्यक्ष अचुत बाबू बगालेकाे अध्यक्षता मा भएको कार्यक्रम काे सहजिकरण चिति साहित्य समाजका अध्यक्ष स्थिर घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।