0 COMMENTS

 रमिला बस्नेत,उदयपुर १ माघ/ हालै भारतको बनारसमा भएको कथक नृत्यको कार्यशालामा कीर्तिमानी युवा संघ नेपाल ललितपुर शाखाका अध्यक्ष स्वजन रघवंशीले भाग लिएका हुन । नृत्य नटराज पद्म विभूषण पन्डित बिरजू महाराज जीको दर्सन गर्न पाउनु नै नृत्य कलाकारको लागि सौभाग्यको कुरा हो भने महाराज जि ले स्वजन रघुबंशीकाे खुलेर तारिफ गरेका थिए ।

जसले गर्दा जीवन मा केहि गर्ने जोश अझ थपेको स्वजन बताउँछन् ।उनलेे हाल बनारसको काशी हिन्दु बिश्वबिद्धालयमा भरतनात्यम नृत्यमा मास्टर्स गर्दै छन् ।विभिन्न म्युजिक भिडियो समेत खेलेर उत्कृष्ट मोडेलमा समेत परिचित रघवंशी चीन तिब्बत भारत स्पेन थाइल्यान्ड भुतान दुबई मा समेत नेपाली नृत्य चिनाउनमा सफल छन् नेपालको इतिहासमा पहिलो पटक नेपाल सरकार पूर्ण स्वामित्व भएको सास्कृतिक सस्थान बात नृत्यको विविध बिधामा एकल प्रस्तुती दिने प्रथम ब्याक्ती समेत भइसकेको छन् । जुन यहि बर्षको असार ३ गते नाचघरमा भएको थियो।जुन एतिहासिक  क्षणमा सम्पुर्ण दर्शकले एकदम तारिफ गरेका थिए ।

नृत्य बाहेक समाजलाई केही गर्नु पर्छ भन्ने सोच भएका रघवंशीले समाजलाइ सकारात्मक तर्फ लाने विभिन्न कामहरुमा नि सक्रिय छन।youth for positive change उपाध्यक्ष समेत रहेका रघवंशीले लागुपदार्थ सेवन विरुद्ध विभिन्न स्कुलमा गएर तालीम दिने कामका साथ साथै दुर्गम क्षेत्रमा किताब कापी नपाउने अनाथ बच्चालाई सहयोग गर्न आदि काम सक्रिय रुपले गर्दै आएका छन् । कीर्तिमानी युवा संघ नेपाल ललितपुर शाखाका अध्यक्ष पनि हुन्न ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।