0 COMMENTS

प्रतिभा भट्टरार्इ,२९कार्तिक०७५/ ताइवानमा भएको फिफा एशियन अटो जिमखाना कार रेसिङ् प्रतियोगितामा नेपाली रेसर अनिल बराल र अमर रञ्जितले प्रतिस्पर्धा गरेका थिए। अनिल बराल उत्कृष्ट प्रदर्शन बीच झिनो अन्तरले पछाडि पर्दै बाहिरिएका थिए भने अमर रञ्जित प्रतियोगिताको सेमी फाइनलकाे उत्कृष्ट ६ मा पुगेका थिए। यो नेपाली रेसरले पाएको ठूलो उपलब्धि हो।

नेपाल मोटर स्पोर्ट् क्लवका अध्यक्ष दीपक आचार्य तथा टीम म्यानेजर चंकी छेत्री सहितको टीम ताइवान गएका थिए। प्रतियोगितामा सहभागी र टीम म्यानेजर लगायत अन्य सहभागी नेपाली टोलीको रेस बाट निकै उत्साहित भएका थिए। साथै नेपाली सहभागीको प्रदर्शन हेरेर धेरै राष्ट्रले प्रेरणाको रूपमा लिएकोले आफूहरु निकै खुसी भएको कुरा पनि टीम म्यानेजरले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।