0 COMMENTS

कञ्चनपुर, २८ कात्तिक०७५/ राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ ।नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गर्नुभएको हो । खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौँ । नगरप्रमुख ऐरले भन्नुभयो, “प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्याउँछ ।”

खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुशी भएको बताउनुभयो । खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने उहाँले बताउनुभयो ।

कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोस्ट भ्यालुएबल प्लेयर घोषित भई गोल्डन बुट जितेका थिए । भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।