0 COMMENTS

काठमाण्डाै१५कर्तीक०७५/  चीनमा अभ्यास खेल सकाएर नेपाली राष्ट्रिय महिला टोली आज म्यानमार जाँदैछ ।ओलम्पिक छनोट प्रतियोगिता खेल्नका लागि नेपाली टिम चीनबाट सोझै म्यानमार जानेछ । म्यानमारमा हुने ओलम्पिक छनोटमा नेपाल, भारत, बंगलादेश र म्यानमार छन् ।

नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमारसँग र २७ गते बंगलादेशसँग खेल्नेछ । नेपाली टिममा २२ खेलाडी, दुई प्रशिक्षक र दुई जना अफिसियल छन् । टिममा गोलकिपर एन्जिला सुब्बा, रुपा रानामगर र लीला लाम्गाडे छन् भने डिफेन्समा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजे , मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर छन् ।

यस्तै मिडफिल्डमा रेनुका नगरकोटी, दिपा राई, इन्दिरा राई, विमला चौधरी, दिपा अधिकारी, अनिता बस्नेत, दिपा न्यौपाने छन् भने स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।