0 COMMENTS

काठमाण्डाै १२ कात्तिक०७५ / यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाली टोलीले अाज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा दिउँसाे साढे २ बजे हुनेछ । सेमिफाइनलमा स्थान बनाइसकेका बंगलादेश र नेपालबीचको खेलले समूह विजेताको तय हुनेछ ।

शनिबार भएको बंगलादेशले माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई नै ४–० ले हराएको थियो ।

लगातार दुई खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समुह ‘ए’ मा रहेका बंगलादेश र नेपालको समान तीन अङ्क भएको छ । यस्तै अाजै विहान साढे १० बजे भारत र भूटान अामने सामने हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।